रुबिनाको शानदार प्रदर्शन, नेपालले जित्यो सिरिज

युएईमा नोभेम्बर २२ तारिख देखि आयोजना हुने टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि बंगलादेश पुगेको नेपाली महिला क्रिकेट टिमले स्थानीय टिम बंगलादेश कृरा शिक्षा प्रतिष्ठान बिरुद्ध तिन वटा टि-२० को सिरिज २-१ ले जित्न सफल भएको छ।

तेश्रो तथा निर्णायक खेलमा बंगलादेश कृरा शिक्षा प्रतिष्ठानलाई ७ विकेटले पराजित गर्दै नेपाली महिला टिमले सिरिज आफ्नो पक्षमा पारेको हो। बंगलादेश कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा सम्पन्न खेलमा प्रतिष्ठानले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले ३ विकेट गुमाएर १४ ओभरमा भेटायो।

नेपालको ब्याटिंगमा कबिता जोशीले अविज्ती १४ तथा सरिता मगरले अविजित १३ रन बनाईन् भने काजल श्रेष्ठले १०, इन्दु बर्माले ६ तथा सिता राना मगरले ५ रन बनाईन्। काजल र सिताले २० रनको ओपनिंग साझेदारी तथा सरिता र कविताले चौंथो विकेटको लागि अविजित २२ रनको साझेदारी गरिन्।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेश कृरा शिक्षा प्रतिष्ठानले १६.५ ओभरमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाएको थियो। उसको लागि बोन्याले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको बलिंगमा कप्तान रुबिना क्षेत्रीले घातक बलिंग गर्दै ३ ओभरमा मात्र ६ रन खर्चेर ४ विकेट हात पारिन्। यस्तै करुना भण्डारीले २ विकेट ( ४-०-१३-२ ) लिंदा कविता कुँवर ( २.५-०-१५-१ ) र सिता राना मगरले ( ४-१-७-१ ) समान एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच तथा सिरिजको उत्कृस्ट खेलाडी नेपाली टिमकि कप्तान रुबिना क्षेत्री घोषित भईन्। सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा २४ रनले विजयी हुँदा दोश्रो खेलमा ५ विकेटको हार बेहोरेको थियो।

सिरिज समाप्ति पछि नेपाली टिम बिहिबार नेपाल पुग्नेछ जसपछि नोभेम्बर १४ तारिखमा कतारसंग टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने प्रस्थान गर्ने तलिका रहेको छ।

कतारमा नेपालले नोभेम्बर १६, १७ र १८ तारिखमा तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। नेपाली महिला राष्ट्रिय टिमले खेल्ने उक्त सिरिज पहिलो अन्तर्राष्ट्रिय सिरिज हुनेछ। उक्त सिरिज पछि कतारबाटै टिम युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ।

नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]