तेश्रो खेलमा नेपालको शानदार जित, नेपालले जित्यो सिरिज

तेश्रो तथा निर्णायक खेलमा भ्रमण टोलि युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। सिरिजको पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोश्रो खेलमा नेपालले ३ विकेटको जित दर्ता गरेको थियो।

नेपालको यो युएई विरुद्ध दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित हो। यस अघि नेपालले सन् २०१९ मा युएईको भूमिमा २-१ को सिरिज जित दर्ता गरेको थियो। समग्रमा नेपालको यो चौंथो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित हो। यस अघि नेपालले पपुवा न्यु गिनीलाई दुई पटक तथा युएईलाई एक पटक सिरिजमा पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदानमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४ विकेट क्षेतीमा ४०.१ ओभरमा भेटायो।

जितमा ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले उत्कृस्ट योगदान दिए। आसिफले अविजित ८८ रन बनाए जुन क्रममा ११९ बलमा १२ चौका प्रहार गरे। ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्का मद्दतले ६४ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अर्जुन साउद र आसिफ शेखले २४ रनको साझेदारी गरे। दशौँ ओभरमा साउद ९ रन बनाएर हजरत बिलालबाट विकेट पछाडी समातिए। दोश्रो विकेटको लागि आसिफ र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गरे। १२२ रनको साझेदारी गरेपछि ज्ञानेन्द्र चौतिसौं ओभरमा आयान अफ्जल खानले एलबिडब्लु पारे। यो साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोश्रो विकेटको लागि सर्वाधिक साझेदारी हो भने सबै विकेटको लागि दोश्रो ठूलो साझेदारी हो। यसै वर्ष मार्चमा देव खनाल र दिपेन्द्र ऐरी बीच पपुवा न्यु गिनीसंग तेश्रो विकेटको लागि भएको १२९ रनको साझेदारी सर्वाधिक साझेदारी हो।

मल्लको विकेट पछि रोहित पौडेल र दिपेन्द्र ऐरी रन आउट भए। आसिफ अविजित रहँदै टिमलाई जितसम्म पुर्याए।

युएई बलर हजरत बिलाल र आयान अफ्जल खानले १/१ विकेट लिए।

दशौँ विकेटको आयान अफ्जल खान र हजरत बिलालले अविजित ८३ रनको साझेदारी गरे 

टस जितेरर फिल्डिंग रोजेको युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १७५ रन बनायो।

युएईको लागि आठौँ नम्बरमा ब्य्टिंग गरेक आयान अफ्जल खानले अविजित ५४ रन बनाए जुन क्रममा ६३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। हजरत बिलालले अविजित २० रन बनाए। यस अघि अलिशान शरफुले ३३ तथा रोहन मुस्तफाले २४ रन बनाए।

उत्कृस्ट सुरुवात गरेको नेपालले मात्र १६ रन बनाउदा युएईको ३ विकेट लियो। गुल्सन झाले मुहम्मद वासिम र कप्तान सिपि रिज्वानलाई विकेटपछाडी क्याच आउट पारे। सोमपालले भ्रित्या अरविन्दलाई बोल्ड गरे।

तेश्रो विकेटको लागि रोहन मुस्तफा र अलिशान शरफुले ६३ रनको साझेदारी गरे। चौबिसौं ओभरमा दिपेन्द्र ऐरीले मुस्तफालाई क्याच आउट पारे। छब्बीसौं ओभरमा कुशल भुर्तेलले शरफुलाई बोल्ड गर्दै नेपाललाई पुनः खेलमा हावी गरे। त्यसपछि युएईले लगातार विकेट गुमायो। उनन्तीसौं ओभरमा दिपेन्द्र ऐरीले विष्णु सुकुमरनको विकेट लिए। लगत्तै ओभरमा बसिल हमिदलाई ललित राजबंशीको विकेट पछाडी क्याच आउट गरे। एकतीसौं ओभरमा भुर्तेलले एहमद रजाको विकेट लिए भने लगत्तै ओभरमा जहुर खान रन आउट भए।

९३ रनमा ९ विकेट गुमाएपछि दशौँ विकेटको लागि आयान अफ्जल खान र हजरत बिलालले उत्कृस्ट साझेदारी गर्दै नेपाली बलरलाई निराश पारे। दुवैले दशौँ विकेटको लागि अविजित ८३ रनको साझेदारी गरे।

नेपालको बलिंगमा गुल्सन झा, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले २/२ विकेट तथा सोमपाल कामि र ललित राजबंशीले १/१ विकेट लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]