कुवेतको लज्जास्पद प्रदर्शन, जितपछि नेपाल शिर्षमा

कुवेतलाई ९ विकेटले सहजै पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले युएईमा जारि आईसीसी टि-ट्वान्टी विश्वकप एसिया छनोटमा दोश्रो जित दर्ता गरेको छ।

युएईको आईसीसी क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर भेटायो। नेपालको लागि इन्दु बर्माले अविजित १३ तथा कप्तान रुबिना क्षेत्रीले अविजित १२ रन बनाए।

९९ बल बाँकी रहँदैको जित नेपाली महिला क्रिकेट टिमको बल बाँकि रहेको आधारमा तेश्रो ठूलो जित हो। यस अघि नेपालले माल्दिभ्सलाई सन् २०१९ मा दुई वटा खेलमा ११५ र ११३ बल बाँकी रहँदै पराजित गरेको थियो।

यस अघि टस जितेर ब्याटिंग गरेको कुवेतले १५.४ ओभरमा २७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। महिला टि-२० अन्तर्राष्ट्रियमा कुवेतको यो दोश्रो कम योगफल हो। यस अघि हंगकंगले सन् २०१९ मा कुवेतलाई सबैभन्दा कम २५ रनमा सिमित पारेको थियो।
कुवेत ओपनर प्रियदा मुरली बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। २४ रनको योगफलमा मात्र ३ विकेट गुमाएको कुवेतले थप ३ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा संगीता राईले सर्वाधिक ३ विकेट ( २.४-०-२-३ ) लिए भने करुणा भण्डारी ( ३-०-८-२ ) र रुबिना क्षेत्रीले ( ३-२-१-२ ) ले समान २ विकेट लिए भने सरस्वति चौधरीले १ विकेट ( २-०-५-१ ) लिए।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हंगकंगसंग ६ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो।

दोश्रो जितपछि नेपाल ३ खेलमा २ जित र १ हार पछि ४ अंकको साथ अंकतालिकाको पहिलो स्थानमा उक्लन सफल भएको छ। समान अंक रहेको युएई २ खेलमा ४ अंकको साथ नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ। लगातार तेश्रो हार पछि कुवेत अंकतालिकाको पुछारमा छ।

प्रतियोगितामा आफ्नो चौंथो खेल नेपालले मलेसियासंग नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा युएईसंग खेल्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेलीरहेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]