संघर्ष गर्दै नेपाल

  • विकेटनेपाल, मङ्सिर १७

केन्याले दिएको १११ रनको लक्ष पछ्याउने क्रममा नेपालले ३ विकेट २९ रनको स्कोरमै गुमाएको छ।

युएई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिंग गरेको थियो। ब्याटिंग गरेको केन्याले ३२.२ ओभरमा ११० रनमै सबै विकेट गुमाएको थियो।

स्कोरकार्ड  , अपडेट 

लक्ष पछ्याउने क्रममा नेपालले ओपनर दिलिप नाथ, सागर पुनलाई दोश्रो ओभरमै गुमाएको थियो । दिलिपलाई लुकास ओलुचले खाता नखोल्दै पेभेलियनको बाटो देखाए भने सागर पुन १ रन बनाई नेल्सन ओढीम्बोको बलमा बोल्ड हुन पुगे। अनिल साह पनि व्यक्तिगत १३ रन बनाई ओढीम्बोको बलमा बोल्ड हुनपुगेपछि नेपालले ८ ओभरको समाप्तिमा २९ रन बनाउदा ३ विकेट गुमाईसकेको छ । शरद भेसावकर ८ रन बनाएर क्रिजमा छन्।

खेलमा अहिले लन्च ब्रेक भएको छ।  स्कोरकार्ड  , अपडेट 

ललित सिंह भण्डारी

यस अघि टस जितेर नेपालले केन्यालाई पहिलो ब्याटिंगको निम्तो दिंदै ३२.२ ओभरमा ११० रनमै अलआउट गरेको छ।

नेपालको लागि ललित भण्डारी एक्लैले ४ विकेट हात पारे। जुन क्रममा देब्रेहाते फास्ट बलर भण्डारीले १० ओभर बलिंग गर्दै १ मेडन ओभर सहित ४६ रन खर्चिए। यस्तै सन्दिप लामिछानेले कसिलो बलिंग गर्दै २ विकेट लिनेमा ३.२ ओभर ५ रन खर्चिए।

करन केसी , सागर पुन र आरिफ शेखले १/१ विकेट हात पारे भने किफायती बलिंग गरेका शक्ति गौचन विकेट बिहिन ( ६-३-८-० ) रहे ।  सागर पुनले ३ ओभरमा मात्र ४ रन खर्चिए भने , कारणले ७ ओभरमा ४० रन तथा आरिफले ३ ओभरमा ६ रन दिए।

केन्या ओपनर रिसब पटेलले सर्बाधिक २५ रन तथा एलेक्स ओबान्डाले २५ रनको  योगद दिए। दुवैले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गर्दा मात्र ५.४ ओभर खेलेका थिए। ओबान्डालाई छैठौ ओभरमा कारन केसीले आउट गरेपछि केन्याले लगातार विकेट गुमाएको थियो।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामि र बिनोद भण्डारी आजको खेल खेलीरहेका छैनन्।

खेलको स्कोरकार्ड  , ताजा अपडेट 

नेपालले पहिलो अभ्यास खेलमा अमेरिकासंग ५ विकेटको हार बेहोरेको थियो । नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंग ६ र ८ डिसेम्बरमा सातौँ चरणको खेलहरु खेल्ने कार्यक्रम रहेको छ।

( फिचर फोटो फाइल )

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]