नेपाल टी–२० लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने

काठमाडौँ । शनिबारदेखि सुरु हुने नेपाल टी-२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।

सेभेन थ्रीका प्रमुख जतिनले १ करोड २५ लाख रुपैयाँको कुल पुरस्कार राशी सार्वजनिक गरे । जसमा उपाधि विजेताले ५५ लाख, उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुनेले क्रमस:१० र ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमजिृङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछन् ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]