नेपाल टी–२० लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने

२०७९ पुष ८, शुक्रबार २१:५९

काठमाडौँ । शनिबारदेखि सुरु हुने नेपाल टी-२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।

सेभेन थ्रीका प्रमुख जतिनले १ करोड २५ लाख रुपैयाँको कुल पुरस्कार राशी सार्वजनिक गरे । जसमा उपाधि विजेताले ५५ लाख, उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुनेले क्रमस:१० र ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमजिृङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy