नेपाल टी-२० लिगका लागि आइसिसीले दियो स्वीकृति

२०७९ आश्विन १०, सोमबार २१:५७

नेपाल टी-२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले स्वीकृत गरेको छ ।

अब यो लिगको फाइनल खेल १६ पुसमा हुनेछ ।

यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको थियो । तर सुरक्षाको कारण देखाएर स्थगित भएको हो ।

प्रतियोगितामा काठमाडौँ गुर्खाज पोखरा एभेन्जर्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फारवेस्टर्न युनाइटेड गरि ६ टिम सहभागी छन्। यसै साता लिगको ड्राफ्ट समेत सम्पन्न भैसकेको छ।

सम्बन्धित :

नेपाल टि-२० को ड्राफ्ट सम्पन्न, कुन टिममा को-को खेलाडी छन्

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy