नेपाल टी-ट्वान्टी लिगको घोषणा, क्यानलाई वार्षिक चार करोड

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग आगामी आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने भएको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गरी महत्वाकांक्षी टी–२० लिगको औपचारिक घोषणा गरेको हो ।

लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिईसकेको छ । क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ बर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस वापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले बार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। उहाँले क्यानको हालै सम्पन्न साधारण सभाले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई रणनीतिक र कर्मसियल अधिकार मात्र प्रदान गरेको पनि स्पस्ट पारे ।

‘नेपाली क्रिकेटको विकासमा लागि यो लिग ठूलो कोशेढुङ्गा हुनेछ । २०७६ सालमा म क्यानको निर्वाचनबाट अध्यक्ष हुँदानै नेपालको आफ्नै खालको अन्तर्राष्ट्रिय लिग गर्ने योजना बनाएको थिए । यसले अहिले मुर्त रुप पाएको छ । अब नेपालमा आधिकारिक टी–२० लिग यो नै हो । अन्य लिगलाई क्यानले मान्यता दिने छैन । निजि क्षेत्रबाट यसअघि हुँदै आएको लिग क्षेत्रीय स्तरमा आयोजना हुनसक्छ,’ चन्दले बताए ।

उहाँले यस लिगले क्यान, नेपाली क्रिकेट र खेलाडीको प्रदर्शनसँगै आर्थिक स्तर सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले यस प्रतियोगिताले नेपाली क्रिकेटको स्तरमा सुधार गर्नुका साथै नेपालमा खेलकुदको माध्यामबाट पर्यटन विकासमा समेत टेवा पुग्ने बताए।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले घरेलु मैदानमा नेपालको आफ्नै नेपाल टी–२० लिग हुनु खेलाडीका लागि खुशी र गौरवको विषय भएको बताए । ‘सेभेन थ्रीस्पोर्ट्स’का प्रवन्ध निर्देशक जतिन अलुवालियाले आफ्नो कम्पनीका बारेमा फैलाईएको अफवाह झुटो भएको बताउनु भयो । ‘हामी नेपाली क्रिकेटसँग सहकार्यको हात बढाउन आएका हौं । लामो सम्झौताले सबै पक्षलाई उत्साहित बनाएको छ,’ जतिनले भने। =

डबल राउन्ड लिगका आधारमा खेलाईले यस प्रतियोगितामा पहिलो बर्ष ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने क्यानले जनाएको छ । आगामी बर्षदेखि सहभागि टोली बढाईने छ । यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy