टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ।

लिगमा स्पट फिक्सिङ भएको भन्ने खबर पाएपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो।

डिएसपीको नेतृत्वमा भइरहेको अनुसन्धानले स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी सञ्जय सिंह थापाले जानकारी दिए।

यस्तै सोमबार यसबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी समेत रहेको उनले बताए।

यसमा केही व्यवस्थापकीय भूमिकामा रहेका अधिकारीहरू, केही खेलाडीहरू र अन्य केही व्यक्तिको संलग्नता देखिएको उनले बताए। यद्यपि यकिन कुरा सार्वजनिक भएपछि मात्रै भन्ने बताए।

पुस २८ गते सकिएको लिग सुरु देखिनै विवादित थियो। लिगमा स्पट फिक्सिङको आशङ्का भएपछि सिआइबीको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडी समेतको संलग्नता हुनसक्ने बताएको छ। यसबारे सिआइबीले अहिले सार्वजनिक गरेको छैन।

नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।

पटक-पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो। ब्राउजरमा वान एक्स ब्याट डटकम हान्दा सिधै वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशङ्का भएको थियो।

यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]