यी हुन् नेपाल टी-२० लिगका उत्कृष्ट खेलाडी

विराटनगर सुपर किंग्सका अल राउन्डर हुसैन तलत नेपाल टी-२० लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

तलतले लिगभर १३ खेल खेल्दा ३६७ रन बनाउनुको साथै १० विकेट पनि लिएका थिए । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाए ।

यस्तै, फार वेस्ट युनाइटेडका हस्मतुल्लाह साहिदी लिगको उत्कृष्ट ब्याटर चुनिए । साहिदीले लिगभर ४०० रन बनाए । उनले दुई लाख ५० हजार रुपैयाँ पाए ।

काठमाडौँका अभिनाश बोहरा लिगको उत्कृष्ट बलर चुनिए । अभिनाशले पनि दुई लाख ५० हजार रुपैयाँ पाए ।

यस्तै, विराटनगरका सूर्य तामाङ उदीयमान खेलाडी घोषित । उनले एक लाख ८० हजार रुपैयाँ पाए ।

बुधबार भएको फाइनलमा विराटनगरलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टारले नेपाल टी-२० लिगको पहिलो संस्कारणको उपाधि जितेको छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]