नेपाल टि-२० विश्वकप छनोट हुन असफल, युएई दोश्रो पटक टि-२० विश्वकपमा

टि-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमीफाइनलमा युएईसंग ६८ रनले पराजित हुँदा नेपालको टि-ट्वान्टी विश्वकप २०२२ खेल्ने सपना चकनाचुर भएको छ। युएई २०१४ पछि दोश्रो पटक टि-२० विश्वकप खेल्न छनोट भएको हो।

ओमानको अल अमिरात मैदानमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा १०७ रनमै सम्पूर्ण विकेट गुमायो।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रह्यो। पहिलो ओभरमै आसिफ शेख र लोकेश बमलाई लुनैद सिद्दिकीले आउट गरे। कुशल भुर्तेललाई पनि तेश्रो ओभरमा सिद्दिकीले तेश्रो शिकार बनाए। १४/३ को अवस्थाबाट दिपेन्द्र ऐरी र आरिफ शेखले ३६ रनको साझेदारी गरे। आरिफ आठौँ ओभरमा ११ रन बनाएर रोहन मुस्तफाबाट विकेटपछाडी समातिन पुगे। छैठौं विकेटको लागि दिपेन्द्रले ज्ञानेन्द्र मल्लसंग ३३ रन जोडे। तेह्रौं ओभरमा २० रन बनाएका मल्ल र ३८ रन बनाएका ऐरीलाई लगातार बलमा एहमद रजाले पेभेलियन फर्काए। त्यसपछि नेपाल खेलमा फर्कन सकेन। बिबेक यादव र सन्दिप लामिछाने पनि लामो समय क्रिजमा जम्न सकेनन्।

युएईका बलर एहमद रजाले ५ विकेट विकेट ( ४-०-१९-५ ) तथा जुनैद सिद्दिकीले ३ विकेट ( ४-०-२७-३ ) लिए। रोहन मुस्तफा र जहुर खानले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १७५ रन बनाएको थियो।

४ रन बनाएका ओपनर चिराग सुरीलाई दोश्रो ओभरमा जितेन्द्र मुखियाले बोल्ड गरेपछि दोश्रो विकेटको लागि मुहम्मद वासिमले भृत्य अरविन्दले ६६ रनको साझेदारी गरे। मात्र २३ बलमा ५ चौका र ३ छक्का मद्दतले ४६ रन बनाएका अरविन्दलाई आठौँ ओभरमा सन्दिप लामिछानेले बोल्ड गरे। तेश्रो विकेटको लागि वासिमले मुहम्मद उस्मानसंग ६४ रन जोडे। त्यसपछि अन्तिमको ओभरहरुमा भने नेपाली बलरले पुनरागमन गरे र नियमित विकेट लिए।

सत्रौं ओभरमा अविनाश बोहराले उस्मानलाई क्याच आउट पारे। सोहि ओभरमा वासिम पनि क्याच आउट भए। वासिमले ४८ बलमा ४ चौका र ४ छक्का मद्दतले ७० रन बनाए। लगत्तै ओभरमा मुखियाले २ रन बनाएका बसिल हमिद र ११ रन बनाएका जवर फरिदलाई क्याच आउट पारे। उन्नाईसौं ओभरमा अविनाशले ४ रन बनाएका काशिफ दाउदलाई क्याच आउट पारे। अन्तिम ५ ओभरमा युएईले ५ विकेट गुमाएर ४४ रन बनायो। एहमद राजा ६ र रोहन मुस्तफा ९ रनमा अविजित रहे।

नेपालको बलिंगमा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान तिन विकेट लिए। अविनाशले ४ ओभरमा ४६ रन तथा जितेन्द्रले ३ ओभरमा ३५ रन खर्चिए। सन्दिप लामिछानेले एक विकेट ( ४-०-२४-१ ) लिए। कमल सिंह ऐरी विकेटविहिन ( ४-०-३०-० ) रहे।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]