रोहित पौडेल पहिलो पटक नेपाली टिममा, हेर्नुस को-को परे डिभिजन-२ खेल्ने नेपाली टिममा

२०७४ माघ ११, बिहीबार १४:०५

Nepal cricket team

– विकेटनेपाल – ११ माघ, बिहिवार

फेब्रुअरी ८ देखि १५ तारिखसम्म नामिबियामा आयोजना हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि १४ सदस्यीय नेपाली टोलिको घोषणा भएको छ।

कप्तान पारस खड्का, मुख्य प्रशिक्षक जगत टमाटा र आईसीसी प्रतिनिधि अमिनुल इस्लामको समितिले १४ सदस्यीय टोलि छनोट गरेको हो।

पारस खड्काको कप्तानिमा रहेको टोलिमा रोहित कुमार पौडेलले पहिलो पटक स्थान बनाएका छन्। यस्तै अघिल्लो पटक आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्शिपको युएई विरुद्धको खेलमा टोलिमा स्थान बनाएका अनिल कुमार साहलाई पनि टोलिमा निरन्तरता दिइएको छ।

Rohit Paudel
Rohit Paudel

नेपाली सिनियर टोलिमा पहिलो पटक स्थान बनाएका रोहित आक्रामक ब्याट्सम्यान् हुन्। एभरेष्ट प्रेमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका रोहितले अन्डर-१९ समुहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

यसपटकको टोलिमा सुनिल धमला, ललित नारायण राजबन्शी, सिद्धान्त लोहनी र किशोर महतोलाई भने बैकल्पिकको सुचिमा राखिएको छ।

टोलिका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसि, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भन्डारी, अनिल साह रहेका छन्।

नेपाली टिम

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उप-कप्तान)
शक्ति गौचन
वसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करण केसि
मोहम्मद आरिफ शेख
सन्दिप लामिछाने
दीपेन्द्र सिंह ऐरी
दिलिप नाथ (विकेट किपर)
ललित भन्डारी
अनिल साह
रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु
सिद्धान्त लोहनी
किशोर महतो
ललित नारायण राजबन्शी
सुनिल धमला

नेपाली टोलि जनवारी २७ तारिखमा युएई प्रस्थान गर्ने छ। नामिबियामा हुने प्रतियोगिता अघि नेपालले युएईमा ३ अभ्यास खेल खेल्ने छ। प्रतियोगितका लागि भने नेपाल फेब्रुअरी ४ तारिखमा नामिबिया तर्फ उड्ने कार्यतालिका रहेको छ।

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

नेपालले प्रतियोगिताकोपहिलो खेल फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

प्रतियोगिताको फाइनल र प्लेअफ खेल फेब्रुअरी १५ तारिकमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy