युएईसंग खेल्ने नेपाली टिमको घोषणा, दिलिप र शक्तिको कमब्याक

२०७४ मंसिर ११, सोमबार ००:००

Nepal Cricket Team
  • विकेटनेपाल, ११ मङ्सिर

संयुक्त अरब ईमिरेट्स (युएई) बिरुद्द हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलको लागि नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ ।

च्याम्पीयनसिप अन्तर्गत ६ र ८ डिसेम्बरमा नेपालले युएईसंग २ खेल खेल्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा सहभागी हुन नेपाली टिम २९ नोभेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । टिमले युएईसंग खेल्नु अघि डिसेम्बर १ मा अमेरिकासंग तथा डिसेम्बर ३ मा केन्यासंग अभ्यास खेल समेत खेल्नेछ।

प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आईसीसी प्रतिनिधि अमिनुल इश्लाम रहेको छनौट समितिले घोषणा गरेको नेपाली टिममा हंगकंगसंग छैठौ चरणको खेलमा नरहेका शक्ति गौचन र दिलिप नाथले कमब्याक गरेका छन् । दिलिपले ढाडको समस्याको कारणले तथा गौचनले पायल्सको कारण त्यसबेला बन्दसत्रबाट नाम फिर्ता लिएका थिए।

Dilip Nath
Dilip Nath

अघिल्लो साता घोषणा गरिएको २०  सदस्यीय प्रारम्भिक टिममा रहेका सिद्धान्त लोहनी, कुशल भुर्तेल, जितेन्द्र मुखिया, अनिल साह, हासिम अन्सारी, सुशील कंडेलले अन्तिम १४ मा नाम लेखाउन सकेनन । कुशल, जितेन्द्र, अनिल र सिद्धान्तलाई बैकल्पिक खेलाडीको सुचीमा राखिएको छ ।

हंगकंगसंग टिममा स्थान बनाएका देब्रे हात तिब्र गति बलर ललित सिंह भण्डारीले पुनः टिममा स्थान बनाएका छन् भने जितेन्द्र मुखिया पुनः टिममा पर्न असफल रहे ।

नेपाली टिम 

  • पारस खड्का (कप्तान)
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • वसन्त रेग्मी
  • सोमपाल कामी
  • सागर पुन
  • विनोद भण्डारी
  • करन केसी
  • शक्ति गौचन
  • ललितसिंह भण्डारी
  • मोहम्मद आरिफ शेख
  • दीपेन्द्रसिंह ऐरी
  • सन्दीप लामिछाने
  • दीलिप नाथ

बैकल्पिक खेलाडी – 

सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल साह

बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसंगको खेल दुवै टिमको लागि प्रतिष्ठाको लडाई हो। हंगकंगसंग गत महिना नेपालले अघिल्लो चरणमा १ हार बेहोरेको थियो भने १ खेल बराबरीमा टुंगिएपछि नेपाल डिभिजन-२ मा घटुवा भएको थियो।

डिभिजन-२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन-२ मा उत्कृस्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय बिश्वकप छनौट खेल्न पाउनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy