- विकेटनेपाल असोज २
अक्टोबर ३ देखि मलेसियामा सुरु हुने टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) प्रतियोगिताको लागि १८ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले अक्टोबर ३ तारिकमा म्यानमारसंग खेल्दैछ।
नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।
पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृस्ट २ टिमले टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन्। ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्।
१८ सदस्यीय नेपाली टिम
पारस खड्का ( कप्तान ) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि , सागर पुन, सन्दिप लामिछाने, शाहब आलम , शरद भेसावकर, सोमपाल कामि, सुनिल धमला
प्रारम्भिक टिमको घोषणा आईसीसी प्रतिनिधि अमिनुल इशाल, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनौट समितिले गरेको हो। १८ बाट १४ जना खेलाडीहरु छनौट प्रतियोगिता खेल्न छानिनेछन्।
प्रतियोगिताको लागि नेपालले सेप्टेम्बर २० तारिक बिहिबारबाट अभ्यास थाल्नेछ।

रोहित पौडेल नखेल्ने
सेप्टेम्बर २९ देखि बंगलादेशमा सुरु हुने यु-१९ एसिया कप प्रतियोगितामा सहभागिता जनाउनको लागि रोहित पौडेललाई १८ सदस्यीय प्रारम्भिक टिममा राखिएको छैन।
एसिया “बि” उप-क्षेत्रिय छनौट मलेसियामा ३ अक्टोबरबाट सरु हुनेछ। प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नु पर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।
नेपालको खेल तालिका :
पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल)
दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल)
तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल)
चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल)
पाँचौ खेल : vs चाइना, अक्टोबर १० (किनरारा ओभल)
छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)