युएईसँग सिरिज खेल्ने १६ सदस्यीय नेपाली टिम घोषणा, शरद नखेल्ने

  • विकेटनेपाल, माघ ६ – आइतबार

नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुवरी ३ तारिकसम्म खेल्ने एकदिवसीय र टि-२० सिरिजको लागि १६ सदस्यीय नेपाली टिमको घोषणा भएको छ। टिम जनवरी २२ तारिखमा युएई प्रस्थान गर्नेछ।

एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले दोश्रो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। युएईमा खेलिने सिरिज अन्तर्गत नेपालले ३ वटा एकदिवसीय र ३ वटा टि-२० खेल खेल्नेछ। सबै खेलले आईसीसीको अन्तर्राष्ट्रिय मान्यता पाउनेछ। गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो।

शरद नखेल्ने

युएईसँग हुन लागेको सिरिज अन्तर्गत रहेको १६ सदस्यीय टिममा शरद भेसावाकरको नाम छैन। नेपाली क्रिकेट टिमका ब्यबस्थापक रमन सिवाकोटीले पठाएको प्रेस बिज्ञप्तीका अनुसार शरदले आफु अस्वस्थ भएको भन्दै टिमबाट नाम फिर्ता लिएका थिए। उनलाई शरीरमा भिटामिन डी को मात्रा कमि भएकोले पूर्ण रुपमा स्वस्थ हुन कम्तिमा ३ हप्ता लाग्ने जनाईएको छ।

यस्तो छ नेपाली टिम:

कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आइसीसी प्रतिनिधि अमिनिल इश्लामले टिमको छनौट गरेका छन्। एभरेस्ट प्रिमियर लिग क्रिकेटमा उत्कृस्ट बलिंग प्रदर्शन गरेका तिब्रगतिका बलर अभिनाश बोहरा सहित भिम सार्की, सन्दिप जोहरा र पवन सर्राफले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाएका छन्।

भिम शार्कीले पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सको लागि खेल्दै राम्रो प्रदर्शन गरेका थिए भने जोराले ईपिएलमा ललितपुर प्याट्रिएट्सको लागि तथा यु-१९ राष्ट्रिय टिमको लागि केहि राम्रो इनिंग खेलेका थिए।अविनाश बोहराले एभरेस्ट प्रिमियर लिगमा शरद कप्तानीको भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेका थिए। प्रतियोगितामा कुल ७ विकेट लिएका दायाँ हाते पेस बलर बोहराले किफायती बलिङ्ग तथा बिशेष गरि डेथ ओभरमा कन्जुस बलरको परिचय बनाएका थिए।

Abinash Bohara
Abinash Bohara

पारस खड्काको कप्तानीमा घोषित टिममा एभरेष्ट प्रिमियर लिगका दौरान पहिलो खेलमात्र खेल्दै घाइते भएका सोमपाल कामीले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। यस्तै बंगलादेश प्रिमियर लिगमा शनिबार आफ्नो अन्तिम खेल खेलेका सन्दिप लामिछाने पनि युएईसँगको सिरिजका लागि आइतबार नेपाल फर्किंदै छन्।

ईपिएलमा पोखरा राइनोजको लागि खेल्ने क्रममा ७ विकेट लिएका देब्रे हाते स्पिनर सुशन भारि, १० विकेट लिएका तिब्रगतिका देब्रेहाते बलर ललित भण्डारी र ६ विकेट लिएका दायाँहाते तिब्र गतिका बलर बिक्रम सोब भने बैकल्पिक खेलाडीको सुचिमा रहेका छन्।

Bhim Sharki
Bhim Sharki

भ्रमणको तयारि स्वरूप पौष १६ गते २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको थियो। साथै २४ गतेबाट संचालित बन्दसत्रमा  खेलाडीहरुको प्रदर्शनको मूल्यांकन गर्दै १६ सदस्यीय टिमको घोषणा गरिएको हो।

१६ सदस्यीय टिम: पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

बैकल्पिक खेलाडी: ललित भण्डारी, सुशन भारी, बिक्रम सोब

युएई सिरिजको तालिका 

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु आइसीसी एकेडेमी ओभल मैदान, दुबईमा खेलिनेछ।

जनवरी २५ – पहिलो एकदिवसीय , जनवरी २६ – दोश्रो एकदिवसीय , जनवरी २८ – तेश्रो एकदिवसीय
जनवरी ३१ – पहिलो टि-२० , फेब्रुअरी १ – दोश्रो टि-२० , फेब्रुअरी ३ – तेश्रो टि-२०

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy