टि-२० बिश्वकप छनौट ( एसिया ) खेल्ने लागि नेपाली टिमको घोषणा

  • विकेटनेपाल, असोज १४ 

यही अक्टोबर ३ देखि मलेसियामा सुरु हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको घोषणा भएको छ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको लागि प्रारम्भिक छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्।

प्रदिप ऐरि र शरद भेसावकरको कम्ब्याक 

आईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले चयन गरेको टिममा प्रदिप ऐरि र शरद भेसावकरले कमब्याक गरेका छन्। शरद नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा हातको चोटको कारण एसिया कप छनौट खेल्न पाएका थिएनन् भने सन् २०१५ पछि प्रदिप ऐरि राष्ट्रिय टिमबाट बाहिर रहेका थिए।

Pradeep Airee
Pradeep Airee

१४ सदस्यीय टिममा सागर पुन, सुनिल धमला, दिपेश श्रेष्ठ र शाहब आलमले भने नाम लेखाउन सकेनन् जसलाई बैकल्पिकको सुचीमा राखिएको छ।

नेपाली टिम :- 

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह, बसन्त  रेग्मी,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सन्दिप  लामिछाने,शरद भेसावकर र सोमपाल कामि

प्रशिक्षक – जगत टमाटा , ब्यबस्थापक/एनालिस्ट – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट बैकल्पिक खेलाडी – सागर पुन, सुनिल धमला, दिपेश श्रेष्ठ , शाहब आलम

प्रतियोगिता खेल्न नेपाली टोलि सोमबार ( अक्टोबर १ ) दिउसो १ बजे मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपालको खेल तालिका :

पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल) , दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल) , तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल)
चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल) , पाँचौ खेल : vs चाइना, अक्टोबर १० (किनरारा ओभल) , छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy