बिश्वकप छनौट खेल्ने नेपाली टिम शनिबार स्वदेश फर्कने

Nepal Cricket Team
  • विकेटनेपाल, फाल्गुन ४ – शुक्रबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को उपविजेताको रुपमा बिश्वकप छनौट खेल्न छनौट भएको नेपाली टिम शनिबार स्वदेश फर्कनेछ।

डिभिजन-२ को लिग चरणमा ५ मध्ये ४ खेलमा जित र १ खेलमा हार सहित अंकतालिकाको शिर्षस्थानमा रहँदै जिम्बाबेमा मार्चमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा सिट पक्का गरेको हो। डिभिजन-२ को फाइनलमा भने नेपाल युएईसंग पराजित हुनपुग्यो र उपविजेताको रुपमा प्रतियोगिताको अन्त्य गर्यो।

नेपाली टिमका ब्यबस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार नेपाली टिम शनिबार राति ७:५५ बजे इतिहाड एअरवेजको बिमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नेछ।

बिश्वकप छनौटमा नेपालको समुहमा अफगानिस्तान र जिम्बाबे

डिभिजन-२ को उपविजेता नेपाली क्रिकेट टिमले मार्च ४ देखि २५ सम्म जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ। बिहिबार सम्पन्न डिभिजन-२ को फाइनलमा नेपालले युएईसंग ७ रनको पराजय बेहोरेको हो।

बिश्वकप छनौटमा नेपाल र युएई सहित वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग गरि कुल १० टिम सहभागी हुनेछन्। सहभागी १० टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ।

डिभिजन-२ बिजेता युएई समुह ‘ए’ मा रहनेछ जुन समुहमा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी छन् भने नेपाल समुह ‘बि’ मा रहनेछ। नेपालको समुहमा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेल ४ मार्चमा जिम्बाबेसंग खेल्नेछ।यस्तै दोश्रो खेल ८ मार्चमा स्कटल्याण्डसंग, तेश्रो खेल १० मार्चमा अफगानिस्तानसंग खेल्नेछ। प्रतियोगिता अघि नेपालले २ वटा अभ्यास खेल खेल्नेछ। युएईसंग २७ फेब्रुअरी तथा हंगकंगसंग १ मार्चमा अभ्यास खेल खेल्ने तालिका रहेको छ।

nepal in world cup qualifier

आईसीसी बिश्वकप छनौटबाट उत्कृस्ट हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्व कप खेल्न छनौट हुनेछ। आईसीसीले प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउने बताएको छ।

सहभागी टिमहरु :- वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, युएई र नेपाल

प्रतियोगिताको फर्म्याट

सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृस्ट ७ टिम स्वतः छनौट हुने आईसीसीको ब्यबस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्।

वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट रास्ट्रले पनि बिश्वकप छनौट खेल्दैछन्। त्यसबाहेक नयाँ टेस्ट रास्ट्र अफगानिस्तान, आयरल्याण्ड लगायत बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृस्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी बिश्व कप छनौट खेल्नेछन्।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]