भारत भ्रमण गर्ने नेपाली टिम घोषणा : पढ्नुस को परे को परेनन्

  • विकेटनेपाल- फाल्गुन १० 

यही फाल्गुन २८ र ३० गते टियु मैदानमा आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको नेपाल र केन्या बीचको खेलको तयारी स्वरूप नेपाली टिमले गर्ने भारत भ्रमणको लागि नेपाली टिमको घोषणा भएको छ l

घोषणा भएको १९ जनाको टोलि फाल्गुन १३ गते भारतको ग्रेटर नोयडा गएर ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ l नेपाली टिम फाल्गुन २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ l नेपालले कुन टिमसंग खेल्ने भने तय हुन बाँकी छ l

कप्तान पारस खड्का भने स्वस्थको कारण भारत भ्रमण जाने छैनन् l उनको यही हफ्ता एपेन्डिसाइटिस अपरेसन भएको थियो l नेपाली टिम फर्किएपछि पारस अभ्यासमा फर्किने छन् l

bikram sob
बिक्रम सोब

भारत भ्रमणको लागि घोषणा भएको १९ जना मध्येबाट केन्यासंगको खेलको लागि १४ जना र ४ जना अतिरिक्त खेलाडी घोषणा गरिनेछ l आईसीसी प्रतिनिधि भेन्कट पति राजु , प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नेपाली टोलिको छनौट गरेका हुन् l

माघको अन्तिममा घोषणा भएको २४ जना मध्येबाट अन्तिम १९ जनाको टोलिमा बिक्रम सोब, अमित श्रेष्ठ, सुसन भारि, कुशल भुर्तेल र दिपेश श्रेष्ठ परेनन् l

अन्तिम १९ मा विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ, दिपेन्द्र ऐरी, आसिफ शेख, सुनिल धमला जस्ता नयाँ नामहरु अटाएका छन् l राजेश पुलामी, अविनाश कर्ण, भुवन कार्की पनि अन्तिम १९ मा पर्न सफल भएका छन् l

नेपाली टिम बिगत २ साता देखि टियु मैदानमा अभ्यास गरिरहेको छ जसको आधारमा १९ जना टोलि छनौट गरिएको हो l केन्यासंग खेल अघि गरिने भारत भ्रमणको प्रदर्शनको आधारमा अन्तिम १४ मा को-को पर्ने नपर्ने निर्णय गर्न भारत भ्रमणको प्रदर्शन महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ l

नेपाली टिम :- 

१. पारस खड्का
२. ज्ञानेन्द्र मल्ल
३. आसिफ शेख
४. बिनोद भण्डारी
५. राजेश पुलामी मगर
६. दिलिप नाथ
७. मेहबुब आलम
८. करन केसी
९. आरिफ शेख
१०. सागर पुन
११. भुवन कार्की
१२. शरद भेसावकर
१३. सन्दिप लामिछाने
१४. बसन्त रेग्मी
१५. शक्ति गौचन
१६. अविनाश कर्ण
१७. सोमपाल कामि
१८. सुनिल धमला
१९. दिपेन्द्र ऐरी

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy