भारत भ्रमण गर्ने नेपाली टिम घोषणा : पढ्नुस को परे को परेनन्

nepal cricket team
  • विकेटनेपाल- फाल्गुन १० 

यही फाल्गुन २८ र ३० गते टियु मैदानमा आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको नेपाल र केन्या बीचको खेलको तयारी स्वरूप नेपाली टिमले गर्ने भारत भ्रमणको लागि नेपाली टिमको घोषणा भएको छ l

घोषणा भएको १९ जनाको टोलि फाल्गुन १३ गते भारतको ग्रेटर नोयडा गएर ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ l नेपाली टिम फाल्गुन २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ l नेपालले कुन टिमसंग खेल्ने भने तय हुन बाँकी छ l

कप्तान पारस खड्का भने स्वस्थको कारण भारत भ्रमण जाने छैनन् l उनको यही हफ्ता एपेन्डिसाइटिस अपरेसन भएको थियो l नेपाली टिम फर्किएपछि पारस अभ्यासमा फर्किने छन् l

bikram sob
बिक्रम सोब

भारत भ्रमणको लागि घोषणा भएको १९ जना मध्येबाट केन्यासंगको खेलको लागि १४ जना र ४ जना अतिरिक्त खेलाडी घोषणा गरिनेछ l आईसीसी प्रतिनिधि भेन्कट पति राजु , प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नेपाली टोलिको छनौट गरेका हुन् l

माघको अन्तिममा घोषणा भएको २४ जना मध्येबाट अन्तिम १९ जनाको टोलिमा बिक्रम सोब, अमित श्रेष्ठ, सुसन भारि, कुशल भुर्तेल र दिपेश श्रेष्ठ परेनन् l

अन्तिम १९ मा विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ, दिपेन्द्र ऐरी, आसिफ शेख, सुनिल धमला जस्ता नयाँ नामहरु अटाएका छन् l राजेश पुलामी, अविनाश कर्ण, भुवन कार्की पनि अन्तिम १९ मा पर्न सफल भएका छन् l

नेपाली टिम बिगत २ साता देखि टियु मैदानमा अभ्यास गरिरहेको छ जसको आधारमा १९ जना टोलि छनौट गरिएको हो l केन्यासंग खेल अघि गरिने भारत भ्रमणको प्रदर्शनको आधारमा अन्तिम १४ मा को-को पर्ने नपर्ने निर्णय गर्न भारत भ्रमणको प्रदर्शन महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ l

नेपाली टिम :- 

१. पारस खड्का
२. ज्ञानेन्द्र मल्ल
३. आसिफ शेख
४. बिनोद भण्डारी
५. राजेश पुलामी मगर
६. दिलिप नाथ
७. मेहबुब आलम
८. करन केसी
९. आरिफ शेख
१०. सागर पुन
११. भुवन कार्की
१२. शरद भेसावकर
१३. सन्दिप लामिछाने
१४. बसन्त रेग्मी
१५. शक्ति गौचन
१६. अविनाश कर्ण
१७. सोमपाल कामि
१८. सुनिल धमला
१९. दिपेन्द्र ऐरी





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]