विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। प्रतियोगिताको अधिकारिक खेलतालिका भने सार्वजनिक भएको छैन।

नेपाल क्रिकेट संघले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषित टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा तथा व्यवस्थापकमा जयन्ति भट्ट रहेका छन्।

घोषित टिममा अलराउण्डर कविता जोशीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएकी छिन्। मिडियम पेसर जोशीले गत वर्ष पुषमा दाङमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेकी थिईन्। त्यस क्रममा उनले बागमती प्रदेश बिरुद्ध ह्याट्रिक समेत लिएकी थिईन्। राष्ट्रिय टिमकि नियमित फास्ट बलर सोनु खड्का भने यो पटक टिममा पर्न असफल भइन् जो २४ सदस्यीय बन्द प्रशिक्षण टोलिमै थिईनन्। पछिल्लो पटक २०१९ मा राष्ट्रिय टिममा रहेकी विश्वकीर्तिमानि बलर अन्जली चन्द, शान्ति खतिवडा यो पटक टिममा छैनन्। यस्तै ममता चौधरी र रोमा थापालाई वैकल्पिकको सूचीमा समाबेश गरिएको छ।

घोषित टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , बैकल्पिक खेलाडी : सरस्वति जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी

Kabita Joshi

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, कुवेत, मलेसिया र आयोजक युएई प्रतिस्पर्धा गर्दैछन्। ६ वटा टिमले एकअर्कासंग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिम हाल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यासरत रहेको छ। युएई भ्रमण अघि नेपाली महिला टिमले अभ्यास स्वरूप कतारमा तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेल्न सक्ने सम्भावना रहेको छ। नेपाल क्रिकेट संघले भने हालसम्म उक्त सिरिज बारे अधिकारिक घोषणा गरेको छैन।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१९ मा नेपालकै पोखरामा आयोजित दक्षिण एसियाली खेलकुद ( साग ) महिला क्रिकेटमा सहभागिता जनाएको थियो जसमा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy