अभ्यास खेलको लागि नेपाली टिम भारत प्रस्थान

२०७४ आश्विन १, आईतवार ००:००

  • विकेटनेपाल, १ असोज 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि अभ्यास खेलहरु खेल्न नेपाली रास्ट्रिय क्रिकेट टिम चेन्नई प्रस्थान गरेको छ ।

हंगकंगमा अक्टोबर १३ र १५ तारिकमा खेलिने च्याम्पियनसिपको छैठौं चरणको महत्वपूर्ण खेलको लागि अभ्यास स्वरूप टिमले चेन्नईमा ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपाली टिम आइतबार बिहान १० बजे जेट एयरवेजको बिमान मार्फत चेन्नई प्रस्थान गरेको थियो ।

चेन्नईमा नेपालले सेप्टेम्बर १९, २१, २३ र २५ तारिकमा ४ वटा अभ्यास खेल खेल्नेछ । अभ्यास खेल पछि नेपाली टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले चेन्नईको स्तरीय टिमसंग अभ्यास खेल खेल्ने विकेटनेपाललाई बताएका छन् । यतिबेला चेन्नईमा अभ्यासको लागि राम्रो टिमहरु खाली रहेको जसकारण अहिलेनै भारत जान लागेको शिवाकोटीले जानकारी गराएका छन् ।

भारत भ्रमणमा २ साता अघि घोषित १८ सदस्यीय नेपाली टिम सहित प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक मन्जुर आलम, फिजियो पुरन तिरुवा र ब्यबस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी गरि २२ जनाको टिम चेन्नई गएको छ ।

१८ जनाको टिमबाट भारत भ्रमणको अभ्यास खेलहरुको प्रदर्शन पछि बिश्व क्रिकेट टिम खेल्ने अन्तिम १४ जना र ४ जना वैकल्पिक खेलाडीको घोषणा गरिनेछ ।

टिममा रहेका दिपेन्द्र ऐरी र सन्दिप लामिछाने हाल मलेसियामा रहेका छन् र त्यहीँबाट सिधा भारत जाने कार्यक्रम रहेको छ ।

नेपाली टिम 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  शरद भेसावकर, बसन्त रेग्मी, मेहबुब आलम, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, जितेन्द्र मुखिया, सुशील कँडेल, कुशल भुर्तेल, ललित भण्डारी, सुशन भारी, नरेश बुढाएर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने

यो पनि पढ्नुस 

( फिचर फोटो – शरद भेसावकर फेसबुक )

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy