हंगकंगसंग खेल्ने नेपाली टोलीको घोषणा, हेर्नुस् को को परे

२०७४ आश्विन २, सोमबार ००:००

विकेटनेपाल , असोज २

आगामी अक्टोबरमा हुने बिश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि नेपाली टोलीको प्रारम्भिक १४ को घोषणा भएको छ l नेपालले अक्टोबर १३ र १५ मा हंगकंगसंग उसकै मैदानमा २ खेल खेल्नेछ ।

नेपाली टिमको छनौट कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले गरेका हुन्।

यस्तो छ टिम : 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुशन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने

ब्याट्सम्यान – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बिनोद भण्डारी, दिपेन्द्र ऐरी
फास्ट बलर – सोमपाल कामि, करण केसी, ललित सिंह भण्डारी
स्पिनर – सुशील कंडेल , सुशन भारि, बसन्त रेग्मी, सन्दिप लामिछाने
अल-राउण्डर – सागर पुन, आरिफ शेख

यसैगरी मेहबुब आलम, जितेन्द्र मुखिया, कुशल भुर्तेल र नरेश बुढाएरलाई बैकल्पिक खेलाडीको सुचिमा राखिएको छ ।

नेपाली टोली हाल भारतको चेन्नाईमा अभ्यासरत छ र टिमले मंगलबार दिन्दिगुल ड्रागन्ससंग (तमिलनाडु प्रिमिएर टिम) आफ्नो पहिलो अभ्यास खेल खेल्नेछ । टिमले भारतमा १९, २१, २३ र २५ तारिकमा ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

Lalit Bhandari
ललित सिंह भण्डारी

नेपालका अनुभवी स्पिनर शक्ति गौचन अनफिट रहेकाले नेपाली टिमबाट नाम फिर्ता लिएपछि बायाँ हाते स्पिनर सुशीलले मौका पाएका छन्। १४ सदस्यीय टिममा अर्का  बायाँ हाते स्पिनर सुशन भारिलाई समेत मौका दिईएको छ ।

नेपाली टिममा युवा तथा प्रतिभावान बायाँ हाते स्पिनर सुशील कँडेल र बायाँ हाते मिडियम पेसर ललित भण्डारीको पहिलो पटक प्रतिनिधित्व रहने छ।

यसै गरि अर्का देब्रे हाते स्पिनर सुशन भारि पनि टिममा छन् भने आरिफ शेखलाई पनि पुनः मौका दिईएको छ ।

नेपाली टिममा २ नयाँ सदस्य 

सुशील र ललित दुवैले यस अघि नेपाल यु-१९ रास्ट्रिय टिमको लागि खेलिसकेका छन् ।  सन् २०१४ यु-१९ एसिया कपमा ललितले यु-१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए भने सुशीलले २०१४ को एसीसी यु-१९ प्रिमियरमा नेपाली यु-१९ टिमको लागि खेलेका थिए ।

धनगढी प्रिमियर लिगमा बिराटनगर किंग्स तथा एभरेस्ट प्रिमियर लिगमा पन्चकन्या तेजको लागि खेलेका सुशील नेपाल पुलिस क्लबको लागि घरेलु क्रिकेट खेल्ने गर्छन। गत बर्ष धनगढी प्रिमियर लिगमा कंडेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए जसले कुल १७ विकेट हात पारेका थिए।

Sushil Kandel
सुशील कंडेल

ललित सिंह भण्डारी पनि घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबका नियमित खेलाडी हुन् भने धनगढी प्रिमियर लिगमा कंचनपुर आइकोनिकको प्रतिनिधित्व गरेका थिए । यु-१९ टिमको लागि आफ्नो डेब्यु प्रतियोगिता यु-१९ एसिया कपमा पाकिस्तानसंग २ तथा युएईसंग ३ विकेट लिंदै ललितले प्रभावित बनाएका थिए । गत बर्ष चैतमा सम्पन्न सम्पन इमर्जिंग टिम्स कपमा भण्डारी रास्ट्रिय टिममा पर्ने पक्का जस्तै भएको बेला अन्तिम समयमा चोटको कारण भण्डारी टिममा पर्न असफल भएका थिए ।

 

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy