चिन र म्यानमारको लज्जास्पद हार, नेपाल,थाईल्याण्ड र मलेसिया सजिलै बिजयी

२०७५ आश्विन १७, बुधबार १५:०४

  • विकेटनेपाल, असोज- १७ 

आईसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता मलेसियामा बुधबार देखि सुरु भएको छ।

प्रतियोगितामा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्।

बुधबार सम्पन्न खेलहरुमा नेपाल, मलेसिया र थाईल्याण्डले जित  हाँसिल गरेका छन्। नेपालले म्यानमारलाई, मलेसियाले भुटानलाई तथा थाईल्याण्डले चिनलाई पराजित गर्यो।

पहिलो दिनको खेल पछि अंकलातिका 

चिनको कमजोर प्रदर्शन, १६ बलमै थाईल्याण्डको जित

बायुमास ओभल मैदानमा भएको खेलमा टस जितेर ब्याटिंग रोजेको चिनले २० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर मात्र ३५ रन बनाउन सक्यो।

कुनै पनि चिनका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन् भने इनिंगमा २ वटामात्र चौका प्रहार भयो। वाङ्ग याले बनाएको ८ रन ( ११ बल, १ चौका ) चिनको योगफलमा सर्वाधिक योगदान थियो। थाईल्याण्डले ३६ रनको लक्ष्य २.४ ओभरमा भेटायो। ओपनर ड्यानियल ज्याकोबले अविजित १९ र मोहम्मद शफिकुलले अविजित १३ रन बनाए।

यस अघि बलिङ्गमा पनि ज्याकोबले ३ विकेट लिएका थिए जो खेलको प्लेयर अफ द म्याच चुनिए।

Thailand Cricket Team

मलेसियाको सहज जित

किनरारा ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १५४ रनको योगफल तयार गर्यो। उसको लागि सुहान अलगरत्नमले ३५ तथा शर्भिन मुनिएन्डीले ३१ रन बनाए। भुटान बलर सन्जिभन गुरुङले सर्वाधिक ३ विकेट लिए।

१५५ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभरमा ९ विकेट गुमाएर ८७ र मात्रै बनाउन सक्यो। ओपनर जिम्गे सिंगेले सर्वाधिक २१ रन बनाए। मलेसियन बलर अनवर रहमानले ४ विकेट लिए जो प्लेयर अफ द म्याच समेत चुनिए।

म्यानमारलाई १८ बलमै जित्यो नेपाल

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले सजिलै पराजित गरेको छ। टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।

नेपालको जितमा करन केसीले अविजित १४ रन बनाए भने बिनोद भण्डारी १ रनमा अविजित रहे। प्रदिप ऐरि खाता नखोली तथा अनिल साह ११ रन ( ५ बल,१ छक्का र १ चौका ) बनाएर आउट भए। म्यानमार बलर टेट वाई र पेंग डानुले समान १/१ विकेट लिए।

म्यानमार २९ मै अलआउट

बायुमास ओभल मैदानमा टस जितेर ब्याटिंग रोजेको म्यानमारले अत्यन्त कमजोर ब्याटिंग प्रदर्शन गदै १० ओभरमा २९ रनमा सबै विकेट गुमाएर नेपाललाई ३० रनको लक्ष्य दिएको छ।

म्यानमारको लागि कप्तान लिङ्ग युङ्गले सर्वाधिक १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिनेक्रममा २ ओभरमा ३ रन खर्चिए। यस्तै ललित राजबंशीले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ३ रन खर्चिए। ललित भण्डारी र करन केसीले समान १/१ विकेट हात पारे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy