थाईल्याण्डसंग नेपाल पहिले ब्याटिंग गर्दै, यस्तो छ अन्तिम ११

Anil Sah, Binod Bhandari
  • विकेटनेपाल, असोज २१ 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डको सामना गर्दैछ। तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर रहेपनि थाइल्याण्ड प्रतियोगिताको अंक तालिकामा भने शिर्ष स्थानमा रहेको छ।

खेलमा थाईल्याण्डले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ। प्रतियोगिताको अघिल्लो २ खेलमा नेपालले पहिले बलिङ्ग गरेर जितेको थियो।

नेपालको अन्तिम ११ :- पारस खड्का, अनिल कुमार साह, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी, ललित राजबंशी, सन्दिप लामिछाने, करन केसी, शरद भेसावाकर

लाइभ अपडेटको लागि क्लिक गर्नुस  

प्रतियोगितामा दुई खेल खेलेको नेपाल २ जित सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेल खेल्दै समान जित निकालेको सिंगापुर नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। यस्तै ३ खेल खेल्दा २ जित र १ खेलमा नतिजा बिहिन रहेको थाइल्याण्ड अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो र दोश्रो खेलमा म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरेको छ। उता थाइल्याण्डले भने प्रतियोगिताको आफ्नो पहिलो खेलमा चाइनाले दिएको ३६ रनको लक्ष्य कुनै विकेट नगुमाई पुरा गरेको थियो। पहिलो खेलमा १० विकेटको जित निकालेको थाई टोलीले दोस्रो खेलमा भने बर्षा बाधक बनेपछि मलेसियासंग अंक बाडेको थियो। यस्तै तेस्रो खेलमा थाइल्याण्डले भुटान बिरुद्ध ८ विकेटको जित निकालेको थियो।

थाईल्याण्डसंग इतिहास

इतिहासको कुरा गर्दा थाईल्याण्ड र नेपाल १ पटक मात्र एकअर्कासंग भेट भएका छन्। सन् १९९८ को नेपालमै सम्पन्न एसीसी ट्रफी प्रतियोगितामा दुई टिमको भेट भए पनि खेल भने वर्षाको कारण टस समेत नभई रोकिएको थियो। महिला क्रिकेट र उमेर समुह क्रिकेटमा भने थाईल्याण्डसंग नेपालले थुप्रै खेल खेल्ने गरेको छ। महिला क्रिकेटमा अघि भए पनि पुरुष क्रिकेटमा भने थाई टिम नेपालको अगाडी कमजोर मानिने गर्छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]