श्रीलंकामा नेपालको अन्तिम अभ्यास खेल भोलि

Anil Sah , Subash Khakurel
  • विकेटनेपाल – ९ भदौ, शनिवार

अगष्ट २९ तारिकदेखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको तयारिका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले आइतवार अन्तिम अभ्यास खेल खेल्ने तालिका रहेको छ।

तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालके कोल्ट्स क्रिकेट क्लबको सामना गर्नेछ। खेल नेपाली समय अनुसार बिहान १०:१५ बजेबाट कोल्ट्स क्रिकेट क्लबको मैदानमा संचालन हुने नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन्।

३ वटा अभ्यास खेल्न श्रीलंका गएको नेपाली टोलीले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। यस्तै शुक्रवार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गरेको थियो। नेपालको जितमा अहम योगदान दिने क्रममा ८४/४ को खराब अवस्थामा रहेको इनिंगलाई दिपेन्द्र ऐरि र सागर पुनले पाँचौ विकेटको लागि १८६ रनको साझेदारी गरेका थिए। यस क्रममा दिपेन्द्रले १२१ रन ( ९६ बल,९ चौका र ५ छक्का ) तथा सागर पुनले ९२ रन ( ८३ बल, ८ चौका र ३ छक्का ) बनाए। पुनले बलिङ्गतर्फ पनि ३ विकेट हात पारेका थिए।

Anil Sah , Subash Khakurel
Anil Sah , Subash Khakurel

कोल्ट्स श्रीलंकाको कोलम्बोमा रहेको फर्स्ट क्लास श्रेणी क्रिकेट खेल्ने टोलि हो। कोल्ट्सले श्रीलंकामा आयोजना हुने प्रथम श्रेणी क्रिकेटको ६ पटक उपाधि जितेको छ। दिल्रुवन परेरा, सदिरा समराविक्रमा, कुसल परेरा, अकिला धनन्जय जस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडीहरुले कोल्ट्सको टोलीबाट खेलिसकेका छन्। श्रीलंकाका पुर्व कीर्तिमानी बलर चमिन्दा भासले कोल्ट्सबाट आफ्नो घरेलु क्रिकेट खेलेका थिए। यध्यपी नेपाल बिरुद्ध भने कोल्ट्सको कुन टोलि खेल्ने भनेर अझै खबर बाहिरिएको छैन।

Colts Cricket Club - Photo (Facebook)
Colts Cricket Club – Photo (Facebook)

यता नेपाली टोलीमा समेत केहि परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। नेपालको ओपनिंगमा समस्या रहेकाले दोस्रो अभ्यास नखेलेका ज्ञानेन्द्र मल्ल तेस्रो खेलमा खेल्ने सम्भावना रहेको छ। पछिल्लो २ सिरिजदखि नेपाली टोलीमा रहेका ओपनर ब्याट्सम्यान सुबाश खकुरेलले कस्तो खेल्छन् भन्ने प्रमाणित हुन बाँकीनै रहेको छ। यस्तै अर्का ओपनर अनिल साहको समेत अवस्था समेत फरक छैन। लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका बिनोद भण्डारीले पहिलो अभ्यास खेलमा खास प्रदर्शन गर्न नसकेपछि दोस्रो खेलमा उनलाई खेलाइएको थिएन। तेस्रो अभ्यास खेलमा बिनोदले समेत आफ्नो स्थान बनाउने अपेक्षा गर्न सकिन्छ।

Sagar Pun scored half century
Sagar Pun scored half century vs Bloomfield

नेपाली टिम अगस्ट २७ तारिकमा श्रीलंका प्रस्थान गर्नेछ। एसिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेल ओमानसंग २९ अगस्टमा खेल्नेछ। हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन्।

नेपाली टिम – पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]