नेपालले हंगकंगको डीटिसी च्यालेन्ज कप खेल्ने

nepal cricket team
  • विकेटनेपाल, ६ असोज

नेपालले हंगकंगमा पहिलो पटक हुन लागेको डीटिसी च्यालेन्ज कप खेल्ने भएको छ ।

हंगकंगको प्रतिष्ठित क्लब काउलुन क्रिकेट क्लबले बिश्व क्रिकेट लिग च्याम्पियनसिपको हंगकंगसंगको खेल अघि अक्टोबर १० तारिकमा नेपालसंग डीटिसी च्यालेन्ज कप खेल्न लागेको हो ।

काउलुन क्रिकेट क्लबले आफ्नो फेसबुक पेजमा जारि गरेको बिज्ञप्ति मार्फत नेपालले उक्त खेल खेल्ने निश्चित गरेको हो ।

अक्टोबर १३ र १५ तारिकमा नेपालले हंगकंगसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २ वटा खेल खेल्दै छ जसको लागी नेपाली टिम अक्टोबर ८ तारिकमा हंगकंग पुग्नेछ ।

“अक्टोबर १० काउलुन क्रिकेट क्लबको लागि ऐतिहासिक दिन हुनेछ । क्लबको प्रिमियर लिग टोलिले नेपालसंग पहिलो डीटिसी च्यालेन्ज कप खेल्दैछ” – क्लबले बिज्ञप्तिमा बताएको छ ।

कपको १ मात्र खेल ५० ओभरको हुनेछ जुन आईसीसीको नियमअनुसार संचालन गरिनेछ ।

काउलुन क्रिकेट क्लब टिममा हंगकंग रास्ट्रिय क्रिकेट टिमका खेलाडीहरु सहित अन्य उत्कृस्ट खेलाडीहरु सामेल हुने क्लबले जानकारी दिएको छ । जुनमा सिंगापुरमा सम्पन्न सिंगापुर टि-२० मा सहभागिता जनाउने क्रममा हंगकंग रास्ट्रिय टिमका ७ जना खेलाडीहरुले काउलुनको प्रतिनिधित्व गरेका थिए । वकास बर्कात, किन्चित शाह, म्याथु स्टिलर, बाबर हायत, एहसान खान, निजकत खान, करनदिप सिंह जस्ता खेलाडीहरु उक्त प्रतियोगिता खेलेका थिए ।

क्लबका निर्देशक तथा हंगकंग क्रिकेट टिमका पुर्व प्रशिक्षक समेत रहेका चार्ली ब्रुकको आव्हानमा कप हुन लागेको हो ।

“नेपाललाई आतिथ्य गर्नु हाम्रो अहोभाग्य हो l म विश्वस्त छु नेपाली समाज र हंगकंग क्रिकेट परिवारले यो खेललाई विशेष बनाउनेछन्” ब्रुकले खेल भब्य हुने बिश्वास ब्यक्त गरेका छन् ।

“नेपाल र अझ बिशेष गरि कप्तान पारस खड्कासंग मेरो बलियो सम्बन्ध छ र हामी तयार छौ उनीहरुलाई आतिथ्य गर्न ।”

क्लबले खेलको प्रत्यक्ष प्रशारण आफ्नो फेसबुकमा समेत गर्ने बताएको छ । काउलुन क्रिकेट क्लबको मैदानमा हुने खेलमा दर्शकहरु निशुल्क प्रवेश गर्न सक्ने छन् l

नेपाली क्रिकेट टिम हाल बिश्व क्रिकेट लिगको तयारीको लागि चेन्नाईमा रहेको छ । २ वटा अभ्यास खेल खेलीसकेको टिमले बाँकी २ वटा अभ्यास खेल शनिबार र सोमबार खेल्नेछ जसपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाली टिम अक्टोबर ८ तारिकमा हंगकंग पुग्नेछ ।

यो पनि पढ्नुस 





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]