नेपालको दोश्रो खेल मलेसियासँग, पछिल्लो ३ खेलमा यस्तो छ नतिजा

  • विकेटनेपाल, असोज १९ – शुक्रबार

बुधबार देखि मलेसियामा सुरु भएको आईसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा शनिबार आयोजक मलेसियाको सामना गर्दैछ। यसअघि पहिलो दिनमा सम्पन्न खेलमा नेपालले म्यानमारलाई मात्र १८ बलको सामना गर्दै ८ विकेटले पराजित गरेको थियो।

दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ अर्थात असोज २० गते (बायुमास ओभल) , ७:४५ बजे बिहान ( मलेसिया समय : १० बजे बिहान )

यस्तो छ बिगतमा मलेसियासंग टि-२० मा नतिजा

एसीसी टी-२० कप, २०१३ ( नेपाल ) 

मलेसियासँग नेपालले टि-२० फर्म्याटमा यसअघि सन् २०१३ को नेपालमा सम्पन्न एसीसी टि-२० मा खेलेको थियो। त्यस खेलमा नेपाल १९ रनले बिजयी हुँदा पहिले ब्याटिंग गर्दै नेपालले १६३ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४४ रन बनाएको थियो। खेलमा पारस खड्काले ८७ रन बनाएका थिए भने बलिङ्गमा सन्जम रेग्मी र पृथु बास्कोटाले २/२ विकेट लिएका थिए।

एसीसी टी-२० कप, २००९ ( युएई )

सन् २००९ को एसीसी टी-२० कप अन्तर्गत भएको भेटमा मलेसियाले नेपाललाई १७.२ ओभरमा लक्ष्य पुरा गर्दै ६ विकेटले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको नेपालको लागि ओपनर मेहबुब आलमले ३१ रन, ज्ञानेन्द्र मल्लले २२ रन, अर्का ओपनर परेश लोहनीले १९ तथा पारस खड्काले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसक्दा २० ओभरमा ७ विकेट गुमाएर ११२ रनमात्र बनाउन सकेको थियो। बलिंगतर्फ बिनोद दास, शक्ति गौचन, पारस खड्का, सन्जम रेग्मी र बसन्त रेग्मीले समान १/१ विकेट हात पारेका थिए।

एसीसी टी-२० कप, २००७ ( कुवेत )

मलेसियासँगको पहिलो टी-२० भिडन्तमा नेपालले २१ रनको जित दर्ता गरेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले बसन्त रेग्मीको    ३३ रन, परेश लोहनीको ३१ रन तथा बिनोद दास र मेहबुब आलमको क्रमशः १८ रन र १७ रनको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १२१ रनको योगफल तयार पारेको थियो।

बलिंगतर्फ मलेसियालाई १८.५ ओभरमा सबै विकेट लिँदै मात्र १०० रनमा रोकेर नेपालले २१ रनको जित हात पारेको थियो। बलिंगतर्फ ब्याटिंगमा समेत ३३ रन बनाएर म्यान अफ द म्याच घोषित बसन्त रेग्मीले ३ विकेट लिन २० रन खर्चिंदा राहुल विश्वकर्माले पनि समान ३ विकेट लिन १५ रन खर्चे। त्यस्तै आलमको नाममा २ विकेट रह्यो।

५० ओभर फर्म्याटमा भने नेपालले गत महिना एसिया कप छनौट प्रतियोगितामा मलेसियासंग खेल्दा १९ रनले बिजयी भएको थियो। नेपालले निर्धारित ३० ओभरमा १८८ रन बनाएको थियो जसको जवाफमा मलेसियाले १६९ रन बनाएको थियो। नेपालको लागि आरिफ शेख ( ६४ ) र दिपेन्द्र ऐरि ( ५४ ) ले अर्धशतक बनाएका थिए भने बलिङ्गमा बसन्त रेग्मीले ३ विकेट तथा सोमपाल कामि र सन्दिप लामिछानेले २/२ विकेट लिएका थिए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy