नेपालले ह्याम्सर हग्स बिरुद्ध अभ्यास खेल खेल्ने

२०७५ असार २८, बिहीबार १२:२४

  • विकेटनेपाल – २८ असार, बिहिवार

नेपाली क्रिकेट टोलीले युरोप भ्रमणका क्रममा ह्याम्सर ह्ग्स बिरुद्ध एक अभ्यास खेल खेल्ने भएको छ। जुलाई २९ तारिकमा एमसीसी र नेदरल्याण्ड बिरुद्ध हुने टि-२० शृंखला अघि नेपालले सो अभ्यास खेल खेल्ने भएको हो।

ह्याम्सर हग्सले आफ्नो सामाजिक संजाल मार्फत जुलाई २१ तारिकमा ५० ओभरको खेल हुने जनाएको छ। बेलायतको ह्याम्सर स्थित विलि डाउन रोड मैदानमा नेपाल र ह्याम्सर ह्ग्स बिचको खेल हुनेछ। सन् १८७७ मा स्थापित सो क्लबमा ४०० भन्दा धेरै सदस्य रहेका छन् र एमसीसी लगायात बिभिन्न क्लब र अन्य देशका टोलिबिरुद्ध खेल खेल्दै आएको छ।

तर ह्याम्सर हग्सले सन् १९८० को दशकमा न्युजिल्यान्डसँग खेलेपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय मान्यता प्राप्त टिमसँग खेल्नलागेकोले आफुसँग उपलब्ध भएको सबैभन्दा बलियो टिम मैदानमा उतार्ने जनाएको छ।

लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ तारिखमा आयोजक मेरीलेबोन क्रिकेट क्लब (एमसिसी), नेदरल्याण्ड र नेपाल सम्मिलित टि-२० त्रिकोणात्मक शृंखला तथा नेदरल्याण्डसँग अगस्ट १ र ३ मा खेल हुँदै छ। सो खेलका लागी नेपालले २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरी शनिवारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ। टिममा सुबास खकुरेल र प्रदिप ऐरिले पुनरागमन गरेका छन् भने नयाँ अनुहार हरि क्षेत्री ( चौहान ) ले समेत मौका पाएका छन्। टिममा सुबास खकुरेल, प्रदीप ऐरी, हरि चौहानका साथै अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललितसिंह भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेसावकर, सोमपाल कामी, सुनिल धमला र सुशन भारी रहेका छन्।

Paras Khadka
Paras Khadka

करिब २ साताको अभ्यास पछि टिम इंग्ल्याण्ड जाने र त्रिकोणात्मक सिरिज अघि अभ्यास खेलहरु समेत खेल्ने टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy