तेश्रो स्थानको लागि नेपालले अफगानिस्तानसंग खेल्ने ( यु-१९ सिरिज )

Nepal U19 Cricket Team
  • विकेटनेपाल, असोज १ 

भारतको लखनउमा जारि नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत नेपालले तेश्रो स्थानको लागि प्लेअफमा अफगानिस्तानको सामना गर्ने भएको छ।

सिरिजको ४ वटै टिमले एक-अर्कासंग १-१ खेल खेलीसकेपछि अंकतालिकामा ३ वटै जितको साथ भारत यु-१९ ‘ए’ शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानमा २ जित र १ हार बेहोर्दै भारत यु-१९ ‘बि’ रहेको छ। १ जित र २ हार बेहोर्दै नेपाल यु-१९ तेश्रो र सबै ३ खेलमा हार बेहोरेको अफगानिस्तान यु-१९ चौथो स्थानमा रहेको छ।

पछिल्लो खेलमा अफगानिस्तानलाई नेपालले २५ रनले पराजित गर्दै सिरीजमा पहिलो जित दर्ता गरे पनि अघिल्लो २ खेलमा भारत यु-१९ ‘बि’ संग ४० रनले तथा भारत यु-१९ ‘ए’ संग ८ विकेटले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको हो। अंकतालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल तथा तेश्रो र चौथो हुने टिमले तेश्रो स्थानको लागि खेल्न लागेको हो।

मंगलबार सिरिजको अन्तिम दिन फाइनलमा भारत यु-१९ ‘ए’ र भारत यु-१९ ‘बि’ बीच खेल हुनेछ भने तेश्रो स्थानको लागि हुने खेलमा नेपाल यु-१९ ले अफगानिस्तान यु-१९ संग खेल्नेछ।

खेल हुने समय – १८ सेप्टेम्बर ( असोज २ )  – ९:१५ बजे ( नेपाल )
मैदान – एकाना स्टेडियम, लखनउ ‘बि’

प्रतियोगितामा सम्पन्न खेलहरुको नतिजा

१- भारत यु-१९ ‘ए’ Vs अफगानिस्तान यु-१९ भारत यु ‘ए’ १४० रनले बिजयी
२. भारत यु-१९ ‘बि’ Vs नेपाल यु-१९ भारत यु-१९ ‘बि’ ४० रनले बिजयी
३. भारत यु-१९ ‘ए’ Vs नेपाल यु-१९ भारत यु-१९ ८ विकेटले बिजयी
४. भारत यु-१९ ‘बि’ Vs अफगानिस्तान यु-१९ भारत यु-१९ ‘बि’ २ विकेटले बिजयी
५. भारत यु-१९ ‘ए’ Vs भारत यु-१९ ‘बि’ भारत यु-१९ ‘ए’ १५२ रनले बिजयी
६. नेपाल यु-१९ Vs अफगानिस्थान यु-१९ नेपाल यु-१९ २५ रनले बिजयी

सागर ढकाल र पवन सर्राफको उत्कृस्ट प्रदर्शन मदतले सिरिज अन्तर्गत नेपालले पछिल्लो अफगानिस्तान यु-१९ लाई २५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गरेको थियो। सागरले ४ विकेट लिएका थिए भने पवनले अविजित ७८ रन बनाउनुको साथै १ विकेट समेत लिएका थिए।

Sagar Dhakal
Sagar Dhakal

भारतमा सिरिज पछि नेपालले सेप्टेम्बर २९ देखि बंगलादेशमा आयोजना हुने यु-१९ युथ एसिया कपमा सहभागिता जनाउनेछ। एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले आयोजना गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र तथा यु-१९ बिश्व कप बिजेता भारतको सामना गर्नेछ।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]