तेश्रो खेलमा नेपाल अफगानिस्तानसंग खेल्दै ( यु-१९ सिरिज )

Aasif Sheikh
  • विकेटनेपाल, भदौ ३० 

भारतको लखनउमा जारि चौकोणीय यु-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आइतबार अफगानिस्थान यु-१९ को सामना गर्दैछ।

सिरिज अन्तर्गत पहिलो २ खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भएको नेपाली युवा टिम सामु अर्को टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्ने अवसर रहेको छ भने अफगानिस्तान पनि पहिलो जितको पर्खाईमा नेपाललाई हराउन चाहन्छ।

अफगानिस्तानले पनि खेलेको २ वटै खेलमा पराजय बेहोरेको छ जुन क्रममा भारत यु-१९ ‘ए’ ले १४० रनले तथा भारत यु-१९ ‘बी’ ले २ विकेटले पराजित गरेको थियो। अफगानिस्तान र नेपालले २/२ खेल हारेपछि फाइनल पुग्ने सम्भावना दुवैको सकिएको छ।

खेल हुने समय – ९:१५ बजे ( सेप्टेम्बर १६, भदौ ३१ )
मैदान – एकाना क्रिकेट स्टेडियम ‘बि’

कस्तो छ अफगानिस्तानको प्रदर्शन ? 

जारि सिरिजमा नेपाल जस्तै २ खेलमा पराजित भएको अफ्गनिस्तानले पराजयको बाबजुत नेपाल भन्दा राम्रो खेल प्रदर्शन गरेको छ।

पहिलो खेलमा भारत यू-१९ ‘ए’ संग १४० रनले पराजित हुने क्रममा पहिले ब्याटिंग गर्दै भारतले बनाएको ३२८ रनको जवाफमा १८८ रनमा अफगानिस्तान समेटिन पुगेको थियो। अफगानिस्थान बलर अब्दुल रहमानले ४ विकेट लिएका थिए भने ब्याटिंगमा ओपनर रियाज हसनले ६९ तथा मध्यक्रममा इशक शिर्जादले ३९ र आरिफ खानले ३७ रन बनाएका थिए।

दोश्रो खेलमा जितको नजिक पुगेको अफगानिस्तानले मात्र २ विकेटले खेल गुमाउन पुगेको थियो। पहिले ब्याटिंग गर्दै अफगानिस्तानले २३८ रन बनाएको थियो जसको जवाफमा भारतले ८ विकेट गुमाएर ४९.४ ओभरमा लक्ष्य पुरा गरेको थियो। अफगानिस्तान ओपनर रियाज हसनले १०० रन बनाए भने बलिङ्गमा अब्दुल रहमानले ३ विकेट लिए।

नेपालको प्रदर्शन 

नेपालले भने पहिलो खेलमा भारत ‘बि’ संग ४० रनले हार बेहोर्ने क्रममा भारत ‘बि’ लाई १६१ रनमा रोकेको थियो भने लक्ष्य पछ्याउने क्रममा १२१ रनमा सबै विकेट गुमाएको थियो। राम्रो बलिङ्ग गरेको नेपालको लागि कमल सिंह ऐरिले ३ तथा पवन सर्राफले २ विकेट लिए भने ब्याटिंगतर्फ भिम शार्कीले सर्वाधिक ३० रन।

दोश्रो खेलमा भारत ‘ए’ संग पहिले ब्याटिंग गर्दै नेपालले १५६ रन बनाएको थियो, १५७ रनको लक्ष्य भारतले मात्र २ विकेट गुमाएर पुरा गर्यो। नेपालको लागि ब्याटिंगमा सन्दिप जोराले सर्वाधिक ६६ र तृत राज दासले ४६ रन बनाए।

अफगानिस्तानसंग पछिल्लो खेलमा के थियो नतिजा ? 

गत बर्ष न्नोभेम्बरको यु-१९ युथ एसिया कपको सेमीफाईनलमा अफगानिस्तान र नेपालको पछिल्लो पटक भेट भएको थियो।

टस हारेर ब्याटिंग गरेको नेपालले १०३ रनमा सबै विकेट गुमाए पछि १०४ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट मात्र गुमाएर भेटाएको थियो। नेपालको लागि अनिल साहले सर्वाधिक ५० रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। स्टार अफगानी स्पिनर मुजिब उर् रहमान एक्लैले ६ विकेट लिएका थिए।

अफगानिस्तानले प्रतियोगिताको फाइनलमा पाकिस्तानलाई पराजित गर्दै उपाधिनै आफ्नो बनाएको थियो।

 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]