सेमीफाइनलमा नेपालको भेट इन्डोनेसियासंग ( सम्पूर्ण जानकारी )

Nepal Women's Cricket Team
  • विकेटनेपाल, माघ-३ , बिहिबार 

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत नेपालले समुह चरणको खेलमा शत-प्रतिशत जित हात पार्दै समुह विजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको छ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको नेपालले दोश्रो खेलमा म्यानमारलाई ५२ रनले, तेश्रो खेलमा युएईलाई ६ विकेटले तथा चौथो खेलमा थाईल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्यो।

समुह ‘ए’ अन्तर्गत समुह विजेताको रुपमा नेपाल र समुह उपविजेताको रुपमा युएई सेमीफाइनल प्रवेश गरेको छ भने समुह ‘बि’ बाट समुह विजेताको रुपमा थाईल्याण्ड र समुह उपविजेताको रुपमा इन्डोनेसिया सेमीफाइनल प्रवेश गरेको हो।

जनवरी १८ तारिकमा खेलिने पहिलो सेमीफाइनल खेलमा समुह ‘ए’ को विजेता नेपालले समुह ‘बि’ को उपविजेता इन्डोनेसियाको सामना गर्नेछ। यस्तै दोश्रो सेमीफाइनल खेलमा समुह ‘ए’ को उपविजेता युएईले समुह ‘बि’ को विजेता थाईल्याण्डको सामना गर्नेछ।

नेपाल र इन्डोनेसिया बीचको खेल शुक्रबार ( जनवरी १८ ) बिहान नेपाली समय ८:१५ बजे सुरु हुनेछ।  खेल बैङ्कक स्थित टेर्ड थाई मैदानमा खेलिनेछ।

इन्डोनेसियाको प्रतियोगितामा नतिजा 

समुह ‘बि’ को उप विजेता इन्डोनेसियाले ४ मध्ये ३ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा हंगकंगलाई ७ विकेटले, दोश्रो खेलमा म्यानमारलाई ५२ रनले तथा भुटानलाई ५० रनले पराजित गरेको इन्डोनेसियाले चौथो खेलमा थाईल्याण्डसंग ९३ रनको हार बेहोरेको थियो।

बिरुद्ध – हंगकंग : ७ विकेटले विजयी ( हंगकंग ७०/७ , इन्डोनेसिया ७२/३ )
बिरुद्ध – म्यानमार :  ५२ रनले विजयी ( इन्डोनेसिया १०२/८ , म्यानमार ५० अल-आउट )
बिरुद्ध – भुटान : ५० रनले विजयी ( इन्डोनेसिया १०४/४ , भुटान ५४ अल-आउट )
बिरुद्ध – थाईल्याण्ड : ९३ रले पराजित ( थाईल्याण्ड १२५/३ , इन्डोनेसिया ३२ अल-आउट )

नेपालको प्रतियोगितामा नतिजा 

बिरुद्ध – चिन : १० विकेटले विजयी ( चिन ४८/६ , नेपाल ४९/० )
बिरुद्ध – मलेसिया : ६ विकेटले विजयी ( मलेसिया ६१, नेपाल ६२/४ )
बिरुद्ध – युएई : ६ विकेटले विजयी ( युएई १०५/६ , नेपाल १०६/४ )
बिरुद्ध – थाईल्याण्ड ए : ९ विकेटले विजयी ( थाईल्याण्ड ‘ए’ १९  , नेपाल २०/१ )

नेपालको लयमा रहेका खेलाडीहरु :- 

उपकप्तान सिता राना मगर ओपनिङ्ग ब्याटिंगमा लगातार राम्रो गर्नु नेपालको लागि फलदायी साबित भएको छ। मगरले ३ इनिङ्गमा ७७ रन बनाईसकेकी छिन् जुन क्रममा चिनसंग अविजित २४ मलेसियासंग १६ तथा युएईसंग ३७ रन बनाएकी थिईन्। यस्तै बलिङ्गमा  उनले कुल ३ विकेट लिएकी छिन्।

यस्तै बलिङ्गतर्फ अफस्पिनर करुना भण्डारी र सरिता मगर लयमा छन्। करुनाले चिनसंग ३ र युएईसंग १ गरि कुल ४ विकेट लिएकी छिन् भने सरिताले ४ खेलमा ६ विकेट लिने क्रममा मलेसियासंग ४ तथा थाईल्याण्ड ‘ए’ संग २ विकेट आफ्नो नाम गरेकी थिईन्।

कप्तान रुबिना क्षेत्री विकेट लिन नसके पनि किफायती बलिङ्ग र ब्याटिंगमा पनि योगदान दिन सफल रहेकी छिन् भने नेरी थापाको प्रदर्शन पनि राम्रै रहेको छ। थाईल्याण्ड ‘ए’ संग ३ विकेट लिंदै आरति बिडारीले पनि आफुलाई सक्षम सावित गरेकी छिन्।

इन्डोनेसियाको लयमा रहेका खेलाडीहरु :- 

थाईल्याण्डसंग पराजित भएको खेल बाहेक अन्य खेलहरुमा राम्रो ब्याटिंग र बलिङ्ग गरेको इन्डोनेसियाको लागि बलिङ्गमा फास्ट बलरहरु नि सरियानी, अन्ड्रीयानी लयमा छन्। सरियानीले ४ खेलमा ६ विकेट लिने क्रममा म्यानमारसंग ३ तथा अन्य खेलमा १/१ विकेट लिएकी थिईन् भने अन्ड्रीयानीले ३ खेलमा ५ विकेट लिने क्रममा भुटानसंग ४ विकेट लिएकी थिईन्। यस्तै नि पुत्रीले ३ खेलमा ६ विकेट लिने क्रममा हंगकंगसंग ३ तथा भुटानसंग २ विकेट लिएकी थिईन्।

यस्तै ब्याटिंगमा युलिया अन्ग्राएनि, विन्डा प्रस्टीनि लयमा छन्।  प्रस्टीनिले ३ खेलमा ७४ रन बनाउने क्रममा भुटानसंग ३८ रन बनाएकी थिईन्। यस्तै युलियाले ४ खेलमा ७४ रन बनाउने क्रममा भुटानसंग ४३ रन बनाएकी थिईन्।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]