नेपालले नेदरल्याण्ड र एमसीसीसंग लर्ड्स मैदानमा खेल्ने

Nepali Cricket Team at Lords
  • विकेटनेपाल, १२ चैत 

क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्स मैदानमा २ बर्ष पछि नेपाली क्रिकेट टिमले पुनः खेल्ने मौका पाउने भएको छ।

सन् २०१६ जुलाईमा पहिलो पटक मेरिलेबोन क्रिकेट क्लबसंग ( एमसीसी ) नेपालले लर्डसमा खेल्ने ऐतिहासिक मौका पाएको थियो। एमसीसीले आज जारि गरेको प्रेस विज्ञप्तिमा एमसीसीले आफ्नो टिम सहित नेपाल र नेदरल्याण्डसंग यही बर्ष जुलाईमा खेल्ने घोषणा गरेको छ।

जुलाई २९ तारिकमा एकै दिन नेपाल र नेदरल्याण्ड दुवैले एमसीसी टिमसंग टि-२० खेल खेल्नेछ र सोहि दिन उत्कृस्ट हुने २ टिम बीच फाइनल खेल खेलिनेछ। खेल स्थानिय समय अनुसार बिहान १० बजे सुरु हुनेछ र फाइनल खेल बेलुका ४:३० बजे सुरु हुने एमसीसीले बताएको छ।

Nepal and MCC cricket team together at Lords
Nepal and MCC cricket team together at Lords

एमसीसीले आफ्नो वेबसाइट मार्फत नेपाल र नेदरल्याण्डले भर्खरै एकदिवसीय राष्ट्रको मान्यता पाएको र नेपाली क्रिकेट टिमले पछिल्लो केहि बर्षमा निकै प्रगति गरेको लेखेको छ। सन् २०१४ को टि-२० बिश्वकपमा सहभागिता जनाएपछि नेपाललाई आईसीसीले टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिएको समेत उसले लेखेको छ।

सन् २०१६ मा नेपालले पहिलो पटक क्रिकेटको मक्का लर्ड्समा नेपाल र इंग्ल्यान्ड बीच मित्रताको २०० बर्ष पुगेको अवसरमा ५० ओभरको खेल खेलेको थियो। उक्त खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो। त्यस खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले बनाएको २१७/८ को स्कोरको जवाफमा ब्याटिंग गरेको एमसीसी टिमले १७६ रन मात्रै बनाउन सकेको थियो र ४१ रनको हार बेहोरेको थियो।

Paras Khadka batting at Lords
Paras Khadka batting at Lords

खेलमा नेपालको लागि ब्याटिंगमा ज्ञानेन्द्र मल्लले ३९, पारस खड्काले ३०, शरद भेसावकरले २७ रन बनाएका थिए भने बलिंगतर्फ बसन्त रेग्मी र सागर पुनले समान ३/३ विकेट तथा सोमपाल कामिले २ विकेट लिएका थिए। हेर्नुस खेलको स्कोरकार्ड 

नेपाल र एमसीसी बीचको ऐतिहासिक खेलमा ५ हजार नेपाली दर्शकहरु उपस्थित थिए।

एमसीसीसंग खेल्ने अर्को अवसर पाउदा कप्तान पारस खड्काले खुसि ब्यक्त गरेका छन्- “क्रिकेटको घरमा एमसीसी र नेदरल्याण्डसंग खेल्न पाउदा निकै खुसि लागेको छ र लर्ड्समा खेल्न पाउनु मेरो लागि बिशेष छ जसको लागि उत्साहित छु”

सन् २०१६ मा नेपालले लर्ड्समा खेल्दाको फोटोहरु :- 

Nepali Cricket Team Fans
Nepali Cricket Team Fans . ( Picture by – Heather Geluk )
photo-Kaushal Adhikari/espncricinfo
Gyanendra Malla was the only batter who did not throw away his wicket among the top four batters for Nepal.
Nepal Vs MCC , Lords Cricket Ground
Nepal Vs MCC , Lords Cricket Ground ( Picture by – John Wiggins )

Gorkha Band at Lords
Gorkha Band at Lords
Nepali Cricket Team Fans
Nepali Cricket Team Fans ( Picture by – John Wiggins )
Toss time , Nepal Vs MCC at Lords
Toss time , Nepal Vs MCC at Lords
Sagar Pun Celebrating after taking a wicket
Sagar Pun Celebrating after taking a wicket
Nepali Cricket Team at Lords
Nepali Cricket Team at Lords
Paras Khadka inspecting the pitch before the match at Lords
Paras Khadka inspecting the pitch before the match at Lords




थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]