ठुलो लक्ष्य पछ्याउदा नेपाली माथिल्लो क्रम पेभेलियनमा

Paras khadka , gyanendra malla

जिम्बाबेले दिएको ३८१ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा नेपालले माथिल्लो क्रमका ब्याट्सम्यानहरु गुमाएको छ।

ब्याटिंगको सुरुवात गर्न आएका दिलिप नाथ २ रनमै पेभेलियन फर्किएपछि अर्का ओपनर ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ५४ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए। आक्रामक इनिंग खेलेका पारस ४० रन बनाएर आउट भएपछि नेपालले निरन्तर अन्तरालमा विकेट गुमाउन थाल्यो। खड्काले ८ चौका प्रहार गर्न ३७ बल खेले र सिकन्दर राजाको बलमा बोल्ड भए।

पारसको विकेट पछि ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरीले मल्लसंग ३५ रनको साझेदारी गरे तर २३ रनको स्कोरमा उनिपनि राजाको बलमा क्याच आउट हुन पुग्दा नेपालले तेश्रो विकेट गुमायो।

Paras Khadka
पारस खड्काले आक्रामक ब्याटिंग गरे ( फाइल फोटो )

निकै सुस्त इनिंग निंग खेलेका ओपनर ज्ञानेन्द्र मल्ल पनि जिम्बाबे कप्तान ग्रेम क्रिमरको बलमा क्याच समातिएपछि नेपालले २५ औ ओभरमा ११०/४ विकेट गुमायो। मल्लले ३२ रन बनाउन ५९ बलमा ३ चौका प्रहार गरे।

यो समाचार तयार पार्दासम्म नेपालले २९ ओभर पछि १४० रन बनाउदा ४ विकेट गुमाएको छ। शरद भेसावकर २५ र आरीफ शेख ८ रनमा ब्याटिंग गरिरहेका छन्।

जिम्बाबेको ब्याटिंग 

जिम्बाबेले पहिले ब्याटिंग गर्दै नेपाललाई ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिंग गरेको घरेलु टिमले पुरै ५० ओभरमा मात्र ६ विकेट गुमाएर ३८० रनको योगफल तयार गरेको हो।

क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर ब्याटिंग गरेको जिम्बाबेले आक्रामक सुरुवात गर्यो। पहिलो विकेटको लागि ओपनर केफास झुवावो सोलोमोन मिरेले ७ ओभरमै ७७ रनको साझेदारी गरे। सन्दिप लामिछानेले आठौँ ओभरको पहिलो बलमा झुवावोलाई ४१ रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। झुवावोले मात्र २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

पहिलो विकेट गुमेपछि सोलोमोन मिरे र ह्यामिल्टन मासाकाट्जाले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे जुन बसन्त रेग्मीले तोडे। मासाकाट्जालाई १७ रनको स्कोरमा बसन्त रेग्मीले आफ्नै बलमा आफैले क्याच आउट गरे। मासाकाट्जाको विकेट लगतै ओपनर मिरेलाई पनि १५ औं ओभरमा बसन्तले विकेट किपर दिलिप नाथबाट स्टम्प आउट गराए। अर्धशतक बनाएका मिरेले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

तेश्रो विकेट गुमेपछि ब्याटिंग गर्न आएका ब्रेण्डन टेलर र क्रेग इर्भिनले चौथो विकेटको लागि ८७ रनको साझेदारी गर्दै टिमको स्कोर २०० पुर्याए। इर्भिनलाई नेपालको लागि पहिलो खेल खेलीरहेका ललित राजबंशीले विकेट किपर दिलिपको हातबाट क्याच आउट गराउदै रास्ट्रिय टिमको लागि विकेटको खाता खोलेका थिए।

इर्भिनको विकेट पछि टेलर र सिकन्दर राजाले उत्कृस्ट ब्याटिंग गर्दै टिमको स्कोर ३५० पार गराए।

पाँचौ विकेटको लागि राजा र टेलरले १७३ रनको बिशाल साझेदारी गरेपछि ४९ औं ओभरमा सोमपाल कामिले लगातार बलमा राजा र टेलरको विकेट लिएपनि गर्नु विध्वंश दुवै ब्याट्सम्यानले गरिसकेका थिए।

टेलरले १०० रनको इनिंग खेल्ने क्रममा ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने राजाले १२३ रन बनाउन मात्र ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गर्दै नेपाली बलरहरुलाई निराश बनाए।

नेपालको लागि बसन्त रेग्मी र सोमपाल कामिले समान २/२ विकेट हात पारे भने सन्दिप लामिछाने र ललित राजबंशीले पनि १/१ विकेट दिलाए। सोमपालले ८ ओभरमा ८२ रन खर्चिए भने रेग्मीले १० ओभरमा १ मेडन ओभर फाल्दै ६९ रन खर्चिए। सन्दिपले ९ ओभर ६४ रन तथा ललितले १० ओभरमा ६२ रन दिए। महँगो साबित भएका पारस खड्काले ५ ओभरमा ५७ रन खर्चिए।

स्कोरकार्ड हेर्नुस 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]