नेपाल विरुद्ध टस जितेर ब्याटिंग गर्दै पाकिस्तान, यस्तो छ दुवै टिमको अन्तिम एघार

पाकिस्तानमा सुरु भएको एसिया कप २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ।

मुल्तान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिंग रोजेको छ। पिच दोश्रो इनिंग्समा ब्याटिंग गर्न केहि कठिन हुने हुँदा पाकिस्तानले उक्त निर्णय लिएको हो।

टसको क्रममा नेपाल कप्तान रोहित पौडेलले खेलको लागि आफु र नेपाली दर्शकहरु उत्साहित रहेको बताउदै विकेट पहिले ब्याटिंग गर्न राम्रो रहेको बताए।

पाकिस्तान कप्तान बाबर आजमले पिच राम्रो रहेको बताउदै ब्याटिंग रोजेको बताए। उनले विश्व नम्बर-१ टिम हुँदा आफ्नो टिममा केहि दबाब रहेको बताए।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ( कप्तान ), आरीफ शेख, कुशल मल्ल, दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, करन केसी सन्दिप लामिछाने, ललित राजबंशी

पाकिस्तानको अन्तिम एघार : बाबर आजम ( कप्तान ) , शदाब खान ( उपकप्तान ) , फखर जमान, इमाम उल हक, सल्मान अलि अघा, इफ्तिखार एहमद, मोहम्मद रिजवान ( विकेटकिपर ), मोहम्मद नवाज, नसिम शाह, शाहिन अफ्रिदी, हरिस रौफ

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy