नेपाल विरुद्ध टस जितेर ब्याटिंग गर्दै पाकिस्तान, यस्तो छ दुवै टिमको अन्तिम एघार

पाकिस्तानमा सुरु भएको एसिया कप २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ।

मुल्तान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिंग रोजेको छ। पिच दोश्रो इनिंग्समा ब्याटिंग गर्न केहि कठिन हुने हुँदा पाकिस्तानले उक्त निर्णय लिएको हो।

टसको क्रममा नेपाल कप्तान रोहित पौडेलले खेलको लागि आफु र नेपाली दर्शकहरु उत्साहित रहेको बताउदै विकेट पहिले ब्याटिंग गर्न राम्रो रहेको बताए।

पाकिस्तान कप्तान बाबर आजमले पिच राम्रो रहेको बताउदै ब्याटिंग रोजेको बताए। उनले विश्व नम्बर-१ टिम हुँदा आफ्नो टिममा केहि दबाब रहेको बताए।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ( कप्तान ), आरीफ शेख, कुशल मल्ल, दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, करन केसी सन्दिप लामिछाने, ललित राजबंशी

पाकिस्तानको अन्तिम एघार : बाबर आजम ( कप्तान ) , शदाब खान ( उपकप्तान ) , फखर जमान, इमाम उल हक, सल्मान अलि अघा, इफ्तिखार एहमद, मोहम्मद रिजवान ( विकेटकिपर ), मोहम्मद नवाज, नसिम शाह, शाहिन अफ्रिदी, हरिस रौफ





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]