खुसिको खबर ! नेपाल टस जितेर बलिंग गर्दै, ओभर घटाएर खेल हुने

  • विकेटनेपाल, २८ माघ, आइतबार 

आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत वर्षाले ढिला सुरु भएको नेपालको तेश्रो खेल सुरु हुनेभएको छ। नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ। खेल ४:१५ बजे नेपाली समयमा सुरुहुने छ।

१:१५ बजे दिउसो सुरु हुने खेल वर्षाको कारण भिजेको मैदानको कारण ढिला सुरु भएको हो। ढिला सुरु भएका कारण खेल ३४ ओभर इनिंगको हुनेछ।

पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटले पराजित गरेपछि दोश्रो खेलमा नेपालले ओमनासंग ६ विकेटको हार बेहोर्न पुगेको थियो। तेश्रो खेलमा युएईलाई पराजित गर्न सके नेपालको उत्कृस्ट-२ हुने सम्भावना बलियो हुनेछ।

मैदानबाट पानी हटाइदै l
सौजन्य : paul radley ट्वीटर

नेपाल र आयोजक नामिबिया सहित, युएई, क्यानडा, केन्या र ओमान सहभागी प्रतियोगिताको उत्कृस्ट २ हुने टिम अर्को महिना जिम्बाबेमा आयोजना हुने २०१९ बिश्वकप छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछ।

प्रतियोगिता अन्तर्गत आज अन्य खेलमा क्यानडा र केन्या तथा ओमान र आयोजक नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]