फिचर फोटो – २०१७ एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जितेपछि नेपाली खेलाडीहरु
- विकेटनेपाल, बैशाख ४ , बुधबार
थाईल्याण्डमा यसै हफ्ता शनिवार देखि सुरु हुने एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिताको लागि नेपाली टिमको घोषणा गरिएको छ।
१४ सदस्यीय नेपाली टिमको कप्तानी बिशाल बिक्रम केसीले गर्नेछन्। टिम प्रशिक्षकमा पुर्व बसन्त शाही रहेका छन्। शाही नेपाली राष्ट्रिय क्रिके टिममा पुर्व खेलाडी हुन् जसले यस अघि सन् २०१४ मा पनि नेपाली अन्डर-१६ टिमको प्रशिक्षण सम्हालीसकेका छन्।
प्रतियोगितामा सहभागी हुन नेपाली टिम बिहिबार दिउसो ३ बजे थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
सन् २०१७ मा थाईल्याण्डमा आयोजित एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि नेपालले फाइनलमा सिंगापुरलाई पराजित गर्दै जितेको थियो।
अप्रिल २० देखि २८ तारिकसम्म चियाँग्माइ थाईल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित ८ टिम प्रतिस्पर्धा गर्दैछन्। नेपाल सहित आयोजक थाईल्याण्ड, मलेसिया, म्यानमार, सिंगापुर, हंगकंग , चिन र भुटान सहभागी प्रतियोगिता ३५ ओभर प्रति इनिंगको हुनेछ।
सहभागी ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल रहेको समुह ‘ए’ मा आयोजक थाईल्याण्ड, मलेसिया र म्यानमार रहेका छन्। समुह ‘बि’ मा सिंगापुर, हंगकंग , चिन र भुटान रहेका छन्।
समुह ‘ए’ – नेपाल, मलेसिया, थाईल्याण्ड, म्यानमार
समुह ‘बि’ – सिंगापुर, हंगकंग, चिन र भुटान
समुह चरणमा एक/अर्का बिरुद्ध १/१ खेलीसकेपछि समुहको उत्कृस्ट-२ टिम सेमीफाइनल प्रवेश गर्नेछ।
नेपाली टिम –
बिशाल बिक्रम केसी ( कप्तान ) , आइस भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दिपक बोहरा, सुबास ऐयर, निखिल कुमार सिंह, बिशाल कुमार पटेल, क्रिश कार्की, तिलक राज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापा
अतिरिक्त खेलाडी – अभिषेक गौतम, परशुराम यादभ, अरबाज अन्सारी, बिबेक दरासी
प्रशिक्षक – बसन्त शाही , म्यानेजर – सुदिप शर्मा, फिजियो – दिनेश भट्ट
सन् २०१७ को एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगितामा नेपाली टिममा रहेका बिशाल बिक्रम केसी र सुबास ऐयर यो पटक पनि प्रतियोगिता खेल्न छनौट भएका छन्। बिशालनै अघिलो पटक पनि नेपाली अन्डर-१६ टिमको कप्तान थिए। सुबास ऐयरले धनगढी प्रिमियर लिगको पछिल्लो सिजन बिराटनगर किंग्सबाट खेलेका थिए।
गत महिना चैतमा आयोजित अन्डर-१६ क्रिकेट लिग प्रतियोगिताको प्रदर्शनको आधारमा टिमको चयन गरिएको हो। उक्त प्रतियोगिताको उपाधि प्रदेश-३ ले जितेको थियो जुन क्रममा बिशाल बिक्रम केसी उत्कृस्ट खेलाडी चुनिएका थिए भने आइस भट्टराई उत्कृस्ट ब्याट्सम्यान तथा रमेश कुर्मी उत्कृस्ट बलर चुनिएका थिए। अर्जुन कुमाल इमर्जिंग प्लेयर चुनिएका थिए।
नेपालको खेल तालिका :-
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल अप्रिल २० तारिक ( शनिवार ) म्यानमारसंग खेल्नेछ। दोश्रो खेल २४ अप्रिलमा मलेसियासंग तथा तेश्रो खेल अप्रिल २५ मा थाईल्याण्डसंग खेल्नेछ। अप्रिल २७ तारिकमा २ वटा सेमीफाइनल तथा २८ तारिकमा फाइनल खेल हुनेछ।
अप्रिल २० – म्यानमारसंग , अप्रिल २४ – मलेसियासंग , अप्रिल २५ – थाईल्याण्डसंग