जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

जापानलाई हराउँदै नेपाली युवा टोली एसीसी यु-१९ एसिया कपमा छनोट भएको छ।

मलेशियामा जारी एसीसी यु-१९ प्रिमियर कपको पहिलो सेमिफाइनलमा जापानलाई १४३ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ। वर्षाका कारण केहीबेर खेल रोकिएपछि डीएलएस बिधिका आधारमा पाएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमै समेटिएको छ।

जापानका लागि शोतारो हिरात्सुकाले १५ र यामामोतो लाकेले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन तथा सुवाष भण्डारीले दुई र आकाश चन्दले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि दीपक बोहराले ७९, आकाश त्रिपाठीले ३५, अर्जुन कुमालले १० र देव खनालले आठ रन बनाएका थिए।

त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो। ५० ओभरको खेल २५ ओभरमा झारिएको थियो। डीएलएस बिधिका आधारमा जापानले १८७ रनको लक्ष्य पाएको थियो।

यो जितसँगै यु-१९ एसिया कपका लागि छनोट भएको छ। आउँदा पुसमा पाकिस्तानमा हुने एसिया कपमा प्रियिमर कपबाट तीन टोली छनोट हुनेछन्। फाइनलमा पुग्ने दुई टोलीसँगै सेमिफाइनलमा पराजित दुई टोलीबीचको खेलमा जित्ने टोली पनि एसिया कपमा छनोट हुनेछ।

नेपाल प्रिमियर कपको फाइलनमा पुग्दै एसिया कपका लागि छनोट भएको छ। यसअघि आयोजक पाकिस्तानसँगै भारत, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छनोट भइसकेका छन्।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]