२४ फोटोहरुमा हेर्नुस एसिया कपको लागि नेपाली यु-१९ टिमको अन्तिम चरणको तयारी

श्रीलंका सेप्टेम्बर ५ देखि सुरु हुने यु-१९ एसिया कप अन्तर्गत नेपालले शुक्रबार ( सेप्टेम्बर ६ ) आयोजक श्रीलंकासंग पहिलो खेल खेल्नेछ।

प्रतियोगिता सुरु हुनु १० दिन अघि आयोजना स्थल पुगेको नेपाली टिमले ३ वटा अभ्यास खेल खेलीसकेको छ। अभ्यास खेल पछि टिमले लगातार कोलोम्बोमा अभ्यास गरिरहेको छ। ३ वटा मध्ये एउटा खेलमा जित तथा २ वटा खेलमा युवा टिम पराजित हुन पुग्यो।

२०१७ यु-१९ एसिया कपमा नेपालले भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनल प्रवेश गर्दै इतिहास रचेको थियो। गत वर्ष २०१८ र त्यो अघिको संस्करणहरुमा भने नेपाली युवा टिमले पहिलो चरण पार गर्न सकेको छैन। यो पटक टेस्ट राष्ट्रलाई पराजित गर्ने र सेमीफाइनल पुग्ने लक्ष्यको साथ नेपाली टिम अभ्यास गरिरहेको छ।

प्रतियोगितामा नेपालको समुह ‘बि’ मा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, पाकिस्तान , अफगानिस्तान र कुवेत रहेको छ।  श्रीलंकासंग पहिलो खेल सेप्टेम्बर ५ मा खेलीसके पछि नेपालको दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ मा तथा युएईसंग सेप्टेम्बर १० मा तेश्रो खेल खेल्नेछ। समुह चरणको खेल पछि दुवै समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

फोटोहरुमा हेर्नुस नेपालको अन्तिम चरण तयारी :-

Surya Tamang
Kushal Malla
Rasid Khan
Raju Khadka
Binod Das

Lokesh Bam

Lokesh Bam
Rasid Khan
Rasid Khan

Hari Bahadur Chauhan
Rohit Paudel
Rohit Paudel
Pawan Sarraf
Lokesh Bam
Lokesh Bam
Pratish GC
Pawan Sarraf

Kamal Singh Airee
Hari Bahadur Chauhan
Bhim Sharki

Surya Tamang
Rohit Paudel

( फोटो – रमन शिवाकोटी )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]