नेपाली यु-१९ टिम भारत प्रस्थान, राजेश हमालले दिए सुभकामना

Nepal U19 Cricket Team
  • विकेटनेपाल, भदौ २५ 

भारतीय क्रिकेट बोर्डको आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने नेपाल यु-१९ , भारत यु-१९ , अफगानिस्तान यु-१९ र भारत यु-१९ ( बि ) सहभागी हुने सिरिजको लागि नेपाली युवा टिम आज बिहान भारत प्रस्थान गरेको छ।

नेपाली टिम दिल्ली हुँदै प्रतियोगिता आयोजना स्थल लखनउ पुग्नेछ जहाँ सेप्टेम्बर १२ तारिकमा नेपालले भारतीय यु-१९ ( बि ) टिमको सामना गर्नेछ।

बिहान १० बजेको फ्लाइटबाट दिल्ली प्रस्थान गर्नु अघि नेपाली टिम गौशाला स्थित रामेश्वरम होटलबाट ७:३० बजे प्रस्थान गरेको थियो। टिमको औपचारिक बिदाई कार्यक्रम भने भएन।

एअरपोर्टमा युवा टिमको भेट नेपाली चलचित्र जगतका महानायक राजेश हमालसंग हुन पुग्यो जुन क्रममा हमालले नेपाली टिमलाई सुभकामना दिएका थिए। टिमले हमालसंग सामुहिक तस्बिर समेत खिचायो।

१५ सदस्यीय यु-१९ टिमसंग मुख्य प्रशिक्षक बिनोद दास , सहायक प्रशिक्षक मनोज कटवाल जाँदै छन् भने टिमको ब्यबस्थापकको रुपमा शक्ति गौचन र फिजियो बिक्रम न्यौपाने गरि कुल १९ जनाको टिम भारत प्रस्थान गरेको हो।

आसिफ शेखको कप्तानीमा रहेको युवा टिममा – त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम रहेका छन्।

सिरिजमा नेपालको खेल तालिका – 

सेप्टेम्बर १२ : नेपाल यु-१९ Vs भारत यु-१९ ( बि )
सेप्टेम्बर १४ – नेपाल यु-१९ Vs भारत यु-१९ ( ए )
सेप्टेम्बर १६ – नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ – फाइनल र प्ले-अफ ( तेश्रो र चौथो )

सिरिजमा खेल्न भारतीय क्रिकेट बोर्डले पनि ए र बि टिमको तथा अफगानिस्तान क्रिकेट बोर्डले पनि गत सातानै टिमको घोषणा गरिसकेको छ।

भारत यु-१९ ‘ए’ टिम – पभन साह ( कप्तान ) , देवदत्त पडिक्कल, यशस्वी जैसवाल, अनुज रावत, यश राथोड़, आयुष बादोनी, नेहल वधेरा, प्रब सिमरन सिंह, सिदार्थ देसाई, हर्ष त्यागि, अजय देव गौड, यतिन मंग्वानी, समिर चौधरी र राजेश मोहन्ति

भारत यु-१९ ‘बि’ टिम –  भेदान्त मुरक ( कप्तान ) , ठाकुर रिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर रहेका छन्।

अफगानिस्तान यु-१९ टिम – सदिकुल्लाह, रियाज हसन, अबिद मोहम्मदी, इयाज,  फरहान,बसिर  खान,मोहम्मद हसन, अब्दुल्लाह, मोहम्मद इशक, अब्दुल रहमान, उस्मान घानी, समिउल्लाह, नाभेद एह्मद, नाभेद खान, जकिउल्लाह





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]