एसिया कप छनौट हुने लक्ष्य : नेपाली यु-१९ टिम मलेसिया प्रस्थान

मलेसियामा जुलाई २ देखि सुरु हुने एसीसी अन्डर-१९ इस्टर्न रिजन एकदिवसीय प्रतियोगिता खेल्न नेपाली टिम आज दिउसो मलेसिया प्रस्थान गरेको छ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाली युवा टिम दिउसो २ बजे मलेसिया प्रस्थान गरेको हो। सन् २०१७ मा मलेसियामा आयोजित एसीसी यु-१९ इस्टर्नको उपाधि नेपालले फाइनलमा हंगकंगलाई पराजित गर्दै जितेको थियो।

टिमको औपचारिक विदाई कार्यक्रम भने आयोजना गरिएन।

कुल ७ टिम सहभागी प्रतियोगिता अन्तर्गत नेपाल रहेको समुह ‘ए’ मा सिंगापुर र चिन रहेका छन्।यस अघि नेपालको समुहमा म्यानमार रहे पनि अन्तिम समयमा म्यानमारले नाम फिर्ता लिएको हो। समुह ‘बि’ मा आयोजक मलेसिया, भुटान, हंगकंग र थाईल्याण्ड रहेका छन्।

मलेसिया प्रस्थान गर्नु अघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले प्रतियोगिता जितेमा यु-१९ एसिया कप छनौट हुने हुँदा विजेताको रुपमा नेपाली टिम फर्किने विश्वास व्यक्त गरे।

नेपालको लागि प्रतियोगितामा जित हात पार्नु महत्वपूर्ण रहेको छ। प्रतियोगिताको विजेता टिम श्रीलंकामा यसै वर्ष अगस्ट/सेप्टेम्बरमा आयोजना हुने एसीसी अन्डर-१९ एसिया कप खेल्न छनौट हुनेछ। एसियाको पश्चिम क्षेत्रबाट युएई र कुवेत एसिया कप खेल्न छनौट भइसकेका छन्। यु-१९ एस्यिया कपमा एसियाली टेस्ट राष्ट्रका यु-१९ टिमहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेल जुलाई ३ तारिकमा चिनसंग खेल्ने तालिका रहेको छ। यस अघिको तालिकामा नेपालको पहिलो खेल म्यानमारसंग जुलाई २ मा रहेको थियो।

नेपालले दोश्रो खेल सिंगापुरसंग जुलाई ५ तारिकमा खेल्नेछ। सेमीफाइनल खेल जुलाई ८ तथा फाइनल जुलाई ९ तारिकमा संचालन हुनेछ। नेपालको दुवै खेल किनरारा ओभल मैदानमा नेपाली समय ७:४५ बजे ( मलेसियिया समय १० बजे ) बिहान सुरु हुनेछ।

मलेसिया प्रस्थान गर्नु अघि नेपाली टिम पशुपतिनाथको दर्शन गर्न पुगेको थियो

म्यानमारले नाम फिर्ता लिए पछि नेपाललाई अघिल्लो चरण प्रवेश गर्न झनै सहज भएको छ। समुह चरणमा एक टिमले अर्को टिमसंग १-१ खेल खेलेपछि समुहको उत्कृस्ट २ टिमले सेमीफाइनलमा स्थान बनाउनेछ।

प्रतियोगितामा नेपाली टिमको कप्तानी रोहित पौडेलले गर्नेछन्। टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन् ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]