पूजाको कप्तानीमा यु-१९ विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोली घोषणा भएको हो ।

नेपाली टोलीमा पूजा महतो ( कप्तान ), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव (विकेटकिपर), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर आगामी नोभेम्बरमा हुनेछ । प्रतियोगिता जित्ने टिम आगामी वर्ष २०२५ जनवरीमा मलेसियामा आयोजना हुने यु-१९ टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ।

डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित युएई, थाइल्याण्ड र कुवेत गरि ४ टिम सहभागी छन्।

प्रतियोगितामा नेपालले पहिलो खेल नोभेम्बर ६ तारिखमा थाइल्याण्डसंग, नोभेम्बर ७ तारिखमा कुवेतसंग, नोभेम्बर ९ तारिखमा युएईसंग, नोभेम्बर १० मा थाइल्याण्डसंग, नोभेम्बर १२ तारिखमा कुवेतसंग तथा नोभेम्बर १३ तारिखमा युएईसंग खेल्नेछ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]