पूजाको कप्तानीमा यु-१९ विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

२०८१ कार्तिक ८, बिहीबार ११:४७

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोली घोषणा भएको हो ।

नेपाली टोलीमा पूजा महतो ( कप्तान ), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव (विकेटकिपर), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर आगामी नोभेम्बरमा हुनेछ । प्रतियोगिता जित्ने टिम आगामी वर्ष २०२५ जनवरीमा मलेसियामा आयोजना हुने यु-१९ टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ।

डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित युएई, थाइल्याण्ड र कुवेत गरि ४ टिम सहभागी छन्।

प्रतियोगितामा नेपालले पहिलो खेल नोभेम्बर ६ तारिखमा थाइल्याण्डसंग, नोभेम्बर ७ तारिखमा कुवेतसंग, नोभेम्बर ९ तारिखमा युएईसंग, नोभेम्बर १० मा थाइल्याण्डसंग, नोभेम्बर १२ तारिखमा कुवेतसंग तथा नोभेम्बर १३ तारिखमा युएईसंग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy