युथ एसिया कप खेल्ने नेपाली टोलि बंगलादेश प्रस्थान

Nepal U19 Cricket Team

– विकेटनेपाल – ११ असोज

सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपका लागि नेपाली यु-१९ टीम बिहीबार बिहान बंगलादेशतर्फ प्रस्थान गरेको छ।

प्रतियोगितामा नेपाल यु-१९ टोलिले समुह ‘ए’ मा अफगानिस्तान, भारत र युएई यु-१९ को सामना गर्नेछ।

एसिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा यसअघिनै गरिएको थियो। टोलिको उप-कप्तान कमल सिंह ऐरिले गर्नेछन्।

बंग्लादेश प्रस्थान गर्नु अघि नेपाली टीमका मुख्य प्रशिक्षक बिनोद दासले नेपालको पहिलो लक्ष्य सेमीफाइनल पुग्नु रहेको र टीमसंग क्षमता समेत रहेको बताउनु भयो। बलिंग पक्ष टिमको मजबूत रहेको र ब्याटिंगमा रोहित पौडेलको उपस्थितिले अझ मजबुती दिने समेत दासले बिस्वास ब्यक्त गरे।

टीमको औपचारिक बिदाई कार्यक्रम आयोजना भएन। बिदाई गर्न टीम होटलमा क्रिकेट संघकी पूर्व कार्यकारी अधिकृत तथा आईसीसीको नेपाल समन्वयकर्ता भावना घिमिरे उपस्थित हुनुहुन्थ्यो।

यसै महिना भारतमा खेलिएको भारत यु-१९ र अफगानिस्तान यु-१९ सम्मेलित सिरिजमा टोलिमा नभएका रोहित पौडेल,नन्दन यादब, रबिन्द्र जंग शाही र सुर्य तामांगलाई युथ एसिया कप खेल्ने टिममा मौका दिईएको छ। भारत टुरमा गएका सम्साद आलम, बिपिन रावल, लोकेस बम , किशोर महतोलाई टिममा मौका दिईएको छैन।

नन्दन र रबिन्द्रले यस अघि पनि यु-१९ टिमको लागि खेलीसकेका छन् भने सुर्य तामांग पहिलो पटक यु-१९ टिममा अटाएका हुन्। नन्दन तिब्र गति बलर हुन् भने रबिन्द्र माथिल्लो क्रमका ब्याट्सम्यान। सुर्य तामांग देब्रे हाते स्पिनर हुन् जसले यु-१६ राष्ट्रिय टिमको प्रतिधित्व गरिसकेका छन्।

Surya Tamang
Surya Tamang

नेपाली टिमको प्रमुख प्रशिक्षकमा बिनोद दास रहेका छन् भने टिम म्यानेजरको रुपमा शक्ति गौचन, सहायक प्रशिक्षकको रुपमा मनोज कटवाल बंगालदेश जानेछन्। यस्तै टिमको फिजियो बिक्रम न्यौपाने रहनेछन्।

नेपाली टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग

युथ एसिया कपमा नेपालको खेल तालिका

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

समुह ‘ए’ – नेपाल, भारत, अफगानिस्तान र युएई
समुह ‘बि’ – बंगलादेश,  हंगकंग,पाकिस्तान र श्रीलंका

नेपालको खेल तालिका :- सेप्टेम्बर २९ Vs भारत, अक्टोबर १ Vs अफगानिस्तान, अक्टोबर २ Vs युएई





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]