तयारीको लागि नेपाली टिम भारत जाँदै: यू-१९ विश्वकप – एसियन छनोट

सन् २०१९ को अप्रिल १० तारिख देखि अप्रिल २० तारिखसम्म मलेसियामा आयोजना हुन लागेको यु१९ विश्वकप एसियाली छनोटको तयारिको लागि नपाली टिम भारत प्रस्थान गर्दैछ। टिम नेपाली समयअनुसार शनिबार (आज) दिउँसो २:४० बजे एयर इन्डिगो मार्फत भारत प्रस्थान गर्नेछ।

भारतको आन्द्र प्रदेश प्रस्थान गर्ने नेपाली टिमले त्यहाँ रहंदा प्रदेशको टिमसँग ४ खेल खेल्ने तालिका रहेको छ।  भारतको अभ्यास भ्रमणपछि प्रतियोगितामा सहभागी हुने अन्तिम १४ खेलाडीको टुंगो लाग्नेछ।

उक्त प्रतियोगिताको लागि शुक्रबार मात्रै राष्ट्रिय टिमबाट समेत खेलिसकेका रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा भएको छ। यसअघि कप्तानीको जिम्मेवारी पाएका मोहम्मद आसिफ शेख टिममा रहेपनि कप्तानबाट भने हटाइएका छन्।

शुक्रवार घोषित १८ सदस्यीय प्रारम्भिक टोलीमा कप्तान रोहित पौडेलसंगै, आसिफ शेख, पवन सर्राफ, सुन्दिप जोरा, भिम शार्की, रबि कुमार साह, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अविशेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी, आकाश चन्द, सुर्य तामांग, लोकेश बम र शेर मल्ल रहेका छन्।

अपूर्व देशाई ब्याटिंग कन्सल्टेन्ट : 

यसअघि राष्ट्रिय टोलीको ब्याटिंग प्रशिक्षकका रुपमा नेपाल आइसकेका अपुर्व देशाईले मलेसियामा हुने प्रतियोगितामा यु-१९ टोलीको ब्याटिंग कन्सल्टेन्टको रुपमा काम गर्ने भएका छन्। देशाईले नेपाली टोलीलाई भारतमा नै भेट्ने छन्।

Apurva Desai

मुख्य प्रशिक्षक बिनोद दाससंगै नेपाली टोलीको अफिसियलमा फिजियो बिक्रम न्यौपाने, एनालिस्ट सुरज शाक्य र ट्रेनर सुबाश पात्रो रहेका छन्। पात्रो र देशाई दुवै हाल भारतमा रहेकाले, दुबैले भारतमा नै टोलीसंग भेट्ने तालिका रहेको छ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy