नेपाली युवा टिमलाई बिसीसीआईको निम्तो

Nepal U19 Cricket Team after beating India U19 cricket team
  • विकेटनेपाल , साउन २३ 

नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमलाई भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले एकदिवसीय सिरिज खेल्न निम्तो दिएको छ।

बिसीसीआईको तालिका अनुसार सेप्टेम्बर ९ देखि २० सम्म संचालन हुने सिरिजमा नेपाल यु-१९ सहित भारत यु-१९, अफगानिस्तान यु-१९ र भारतको नेसनल क्रिकेट एकेडेमी ( एनसीए ) यु-१९ टिम सहभागी हुने तालिका रहेको  छ।

प्रतियोगितामा खेल्नको लागि नेपाल आईसीसीले अनुमतिको पर्खाईमा रहेको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन् –

“प्रतियोगिता खेल्ने लगभग पक्का छ जसको लागि आईसीसीको अनुमतिको पर्खाई मात्र बाँकी छ।” शिवाकोटीले छिट्टै अनुमति पाईने बिश्वास समेत ब्यक्त गरे।

गत बर्ष नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा राहुल द्रविडको प्रशिक्षण रहेको भारतीय यु-१९ टिमलाई नेपाली यु-१९ टिमले पराजित गरेको थियो। कुनै पनि स्तरको भारतीय टिमसंग त्योनै नेपालको पहिलो जित थियो जसपछि नेपाली टिमको ठुलो प्रसंशा भएको थियो। यु-१९ टिमको ऐतिहासिक प्रदर्शन पछि नेपालले भारतको युवा टिमसंग पुनः खेल्ने मौका पाउने भएको छ।

भारत कोलकाताको प्रसिद्ध मैदान इडन गार्डेन र जादभपुर युनिभर्सिटी मैदानमा सिरिजको खेलहरु संचालन हुनेछ। जस अन्तर्गत नेपालले आफ्नो पहिलो खेल  सेप्टेम्बर १२ मा एनसीए यु-१९ संग, दोश्रो खेल सेप्टेम्बर १४ मा भारत यु-१९ संग, तेश्रो खेल सेप्टेम्बर १६ मा अफगानिस्तान यु-१९ संग खेल्नेछ। लिग चरणमा सबैले एकअर्का बिरुद्ध खेलीसकेपछि लिगको पहिलो र दोश्रो हुने टिमले १८ सेप्टेम्बरमा फाईनल खेल्नेछन् भने सोहि दिन लिगको तेश्रो र चौथो टिम बीच प्लेअफ जादभपुर युनिभर्सिटी मैदानमा खेलिने कार्यक्रम रहेको छ।

खेलतालिका – 

सेप्टेम्बर १२ : 
भारत यु-१९ Vs  अफगानिस्तान यु-१९ ( इडन गार्डेन )
नेपाल यु-१९ Vs एनसीए यु-१९ ( जादभपुर  युनिभर्सिटी )

सेप्टेम्बर १४ : 
नेपाल यु-१९ Vs भारत यु-१९ ( इडन गार्डेन )
एनसीए यु-१९ Vs अफगानिस्तान यु-१९ ( जादभपुर  युनिभर्सिटी )

सेप्टेम्बर १६ : 
एनसीए यु-१९ Vs भारत यु-१९ ( इडन गार्डेन )
नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९ ( जादभपुर  युनिभर्सिटी )

सेप्टेम्बर १८ : 
लिग बिजेता Vs लिग उपविजेता ( इडन गार्डेन )
तेश्रो Vs चौथो, प्लेअफ ( जादभपुर  युनिभर्सिटी )





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]