नेपाल यु-१९ महिला टि-२० विश्वकप छनोट

‘गर या मर’ को खेलमा घरेलु टोलि युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक यु-१९ महिला टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको छ।

यु-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै उसलाई नेट रन रेटमा पनि पछि पार्ने समीकरण थियो।

खेलमा युएईले पहिले ब्याटिंग गर्दै नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गर्यो। उक्त लक्ष्य नेपालले १६.२ ओभरमा पुरा गरे नेपाल विश्वकप छनोट हुने समीकरण बनेको थियो। नेपालले १४. ४ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो र ऐतिहासिक सफलता हात पर्न सफल भयो।

नेपाल र युएई सहित थाइल्याण्ड र कुवेत गरि कुल ४ टिम सहभागी प्रतियोगिताको समाप्तिमा नेपाल अंकतालिकाको शिर्ष स्थानमा रह्यो। ६ खेल खेल्दा नेपाल र युएईले समान ५ जित र १ हार बेहोर्दै १० अंक बटुलेका थिए। तर नेट रन रेटमा नेपाल ( ३. ९३५३ ),  युएई ( ३. ७४०३ ) भन्दा अघि रह्यो र प्रतियोगिताको विजेताको रुपमा विश्वकप छनोट हुन सक्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालको लागि ओपनर साना प्रविनले सर्वाधिक ३५ रन योगदान दिईन्। त्यस क्रममा उनले ४२ बलमा १ चौका प्रहार गरिन्। कप्तान पुजा महतोले १८ बलमा ४ चौका मद्दतले २१ रन बनाईन्। सोनी पाख्रिनले अविजित १३ तथा सावित्री धामीले १२ रन योगदान दिईन्।

अजमान स्थित द सेभेन्स मैदानमा यस अघि टस जितेर ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। उसको लागि समाइरा धर्नीधर्काले सर्वाधिक ३१ रन, रिनिथा रजिथले २० रन योगदान दिए। लभन्या केनी र इन्धुजा नन्दाकुमारले समान १० रन बनाए।

नेपालको बलिंगमा क्रिश्मा गुरुङले सर्वाधिक ४ विकेट लिईन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। रिया शर्मा र सिमाना केसीले २/२ विकेट लिए।

आईसीसी यु-१९ महिला टि-२० विश्वकप आगामी वर्ष २०२५ को १८ जनवरी देखि २ फेब्रुअरीसम्म मलेसियामा आयोजना हुनेछ .प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]