महिला यु १९ विश्वकप छनोट : लगातार तेस्रो जितको खोजीमा नेपाल

काठमाडौं ।  युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटमा लगातार तेस्रो जितको खोजीमा नेपालले युएईको सामना गर्दैछ ।

नेपाल र घरेलु टोलीबीचको खेल युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो जित हासिल गरेका थिए । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । दाोस्रो खेलमा कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

उता युएईले पहिलो खेलमा कुवेतलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा युएईले थाइल्यनण्डलाई ७४ रनले पराजित गरेको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ ।

नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ । पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ।

छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy