नेपाल र युएई दोश्रो टि-२० आज, नेपाललाई सिरिज जोगाउने चुनौती

  • विकेटनेपाल, माघ-१८ , शुक्रबार

नेपाल र युएई बीच जारी ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो टि-२० आज खेलीदै छ।

पहिलो टि-२० मा नेपाल २१ रनले पराजित भएको  थियो जुन क्रममा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १३२ रन मात्रै बनाउन सकेको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको नेपालले टी-२० सिरिज जित्ने सम्भावना कायम राख्न आज जित हात पार्ने पर्ने दबाब रहेको छ। नेपालले हाल सम्म कुनै पनि टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेको इतिहास छैन त्यसैले दोश्रो खेल जित्दै नेपाल निर्णायक तेश्रो टि-२० खेल्न चाहन्छ।

खेल नेपाली समय अनुसार २:४५ बजे आईसीसी ग्लोबल क्रिकेट एकेडेमीमा सुरु हुनेछ। खेलको Youtube मा Dubai Sports City च्यानलले प्रत्यक्ष प्रशारण गरिरहेको छ।

पहिलो टि-२० मा नेपालको हारको कारण माथिल्लो क्रमका ब्याट्सम्यानले रन बनाउन नसक्नु थियो। ओपनिङ्गमा आएका प्रदिप ऐरि खाता नखोल्दै आउट भएका थिए भने ज्ञानेन्द्र मल्लले ठुलो इनिंग खेल्न सकीरहेका छैनन्। यस्तै दिपेन्द्र ऐरि लगातार फ्लप सावित हुनु ठुलो चिन्ताको बिषय बनेको छ। ऐरिले युएई टुरमा हालसम्म १० भन्दा माथिको रन पनि बनाउन सकेका छैनन्।

Dipendra Airee
Dipendra Airee

पहिलो टि-२० मा सोमपाल कामिले राम्रो बलिङ्ग गरे पनि करन केसी र अविनाश बोहरा महँगो सावित भएका थिए। करनले ४ ओभरमा ४३ रन खर्चेर विकेट बिहिन रहेका थिए भने अविनाशले १ विकेट हात पार्दा ४ ओभरमा ३६ रन दिएका थिए। स्पिनरहरुको प्रदर्शन भने राम्रो रहेको थियो।

हिजो डेब्यु गरेका सन्दिप जोराको फर्म नेपालको लागि सुखद पक्ष हो भने माथिल्लो क्रमको ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे नेपालले युएईलाई पराजित गर्न सक्छ। सुरुवाती विकेट लिए पनि युएईको मध्यक्रमलाई रोक्न सके नेपालले सफलता पाउन सक्छ।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]