युएई-नेपाल दोश्रो टि२० हुँदै, नेपालले टस हारेर बलिंग गर्ने

  • विकेटनेपाल, माघ १८ – शुक्रबार

संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको नेपालले दोश्रो टि२० खेलमा टस हारेर पहिले बलिंगको निम्तो पाएको छ।

यसअघि हिजो भएको पहिलो टि२० खेलमा २१ रनले पराजित भएको नेपाललाई सिरिज जितको सम्भावना जारि राख्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ।

आजको खेलमा दुई खेलाडीहरु परिवर्तन गरिएको छ। यसअघि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने किर्तिमान आफ्नो नाममा गरेका रोहित कुमार पौडेल र स्पिनर बसन्त रेग्मीको स्थानमा अर्का अलराउण्डर पवन सर्राफ र देब्रेहाते स्पिनर ललित राजबंशीले टिममा स्थान बनाएका छन्।

नेपालको अन्तिम ११ – प्रदीप ऐरी, पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ,दिपेन्द्र ऐरि, सन्दिप जोरा, पवन सर्राफ, करण केसी, सोमपाल कामि, सन्दिप लामिछाने, अभिनास बोहरा र ललित राजबंशी





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]