युएई-नेपाल दोश्रो टि२० हुँदै, नेपालले टस हारेर बलिंग गर्ने

  • विकेटनेपाल, माघ १८ – शुक्रबार

संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको नेपालले दोश्रो टि२० खेलमा टस हारेर पहिले बलिंगको निम्तो पाएको छ।

यसअघि हिजो भएको पहिलो टि२० खेलमा २१ रनले पराजित भएको नेपाललाई सिरिज जितको सम्भावना जारि राख्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ।

आजको खेलमा दुई खेलाडीहरु परिवर्तन गरिएको छ। यसअघि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने किर्तिमान आफ्नो नाममा गरेका रोहित कुमार पौडेल र स्पिनर बसन्त रेग्मीको स्थानमा अर्का अलराउण्डर पवन सर्राफ र देब्रेहाते स्पिनर ललित राजबंशीले टिममा स्थान बनाएका छन्।

नेपालको अन्तिम ११ – प्रदीप ऐरी, पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ,दिपेन्द्र ऐरि, सन्दिप जोरा, पवन सर्राफ, करण केसी, सोमपाल कामि, सन्दिप लामिछाने, अभिनास बोहरा र ललित राजबंशी

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy