युएईसंग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय आज, हेड टु हेड मा को अघि ?

युएई राष्ट्रिय क्रिकेट टिमको नेपाल भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आज सुरु हुँदैछ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार बिहान ९ बजे सिरिजको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिनेछ। दोश्रो र तेश्रो खेल १६ र १८ नोभेम्बरमा हुनेछ। युएई राष्ट्रिय क्रिकेट टिम पहिलो पटक सिरिज खेल्न नेपाल आएको हो।

सिरिजको खेलहरु टेलिभिजनमा कान्तिपुर गोल्ड च्यानलले गर्नेछ। ssixer यापबाट पनि खेल हेर्न सकिनेछ।

हेड टु हेड

नेपाल र युएई बीच हालसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। त्यसमध्ये ४ खेलमा युएई विजयी भएको छ भने २ खेल नेपालले जितेको छ।

२०१८ अगस्ट : युएई ७८ रनले विजयी ( स्कोरकार्ड )
२०१९ जनवरी : युएई ३ विकेटले विजयी ( स्कोरकार्ड )
२०१९ जनवरी : नेपाल १४५ रनले विजयी ( स्कोरकार्ड )
२०१९ जनवरी : नेपाल ४ विकेटले विजयी ( स्कोरकार्ड )
२०२२ मार्च : युएई ४८ रनले विजयी ( स्कोरकार्ड )
२०२२ मार्च : युएई ९९ रनले विजयी ( स्कोरकार्ड )

नेपाल टिम : रोहित पौडेल ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरी, आसिफ शेख, भिम शार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदील आलम, अर्जुन साउद, गुल्सन झा

युएई टिम : सिपि रिजवान, भृत्य अरविन्द, एहमद राजा, आलिशान शफ्रु, आदित्य शेट्टी, बसिल हमिद, आयान खान, मुहम्मद वासिम, अस्वन्था भल्थपा, हजरत बिलाल, रोहन मुस्तफा, जहुर खान, जुनैद सिद्दिकी, विष्णु सुकुमरन, सबिर अलि

खेल अघि कसले के भने –

सन्दिप लामिछानेको स्थानमा राष्ट्रिय टिमको कप्तान नियुक्त भएका रोहित पौडेलले सिरिजको लागि नेपाली टिम तयार रहेको र कप्तानको रुपमा आफुलाई सिरिजमा प्रमाणित गर्ने अवसरको रुपमा लिएको बताएका छन् –

“म क्यानलाई सिरिज आयोजनाको लागि धन्यवाद दिन चाहन्छु। हामीले सिरिज अघि राम्रो तयारी गरेका छौँ। भर्खरै प्रधानमन्त्री कप खेलेका छौँ त्यसैले पनि हामी राम्रोसंग तयार छौँ”

“चुनौती भन्दा पनि मेरो लागि यो प्रमाणित गर्ने अवसर हो। सिरिजमा हामीलाई घरेलु दर्शकको साथ पनि हुनेछ त्यसैले उत्साहित छु।”

रोहितले टिम सन्तुलित रहेको र परिस्थिति अनुसार अन्तिम एघार चयन गर्ने बताए – “टिम एकदमै सन्तुलित देखिएको छ। नयाँ खेलाडीहरु जस्तै भिमले लामो समय देखि मौका पाएको छैन त्यसैले भोलिको खेलमा परिस्थिति अनुसार टिम छनोट गर्नेछौँ।”

https://www.youtube.com/watch?v=BEniOcfY-lw

युएईका कप्तान सिपि रिजवानले नेपाली टिमलाई हल्का रुपमा नलिने बताए – “हामीलाई निम्तो दिनु भएकोमा क्यानलाई धन्यवाद , सिरिजको लागि उत्साहित छौँ। हामीले एकअर्कासंग यस अघि पनि खेलीसकेका छौँ त्यसैले हामीले सहज रुपमा लिएका छैनौ”

“नेपाल क्रिकेट खेललाई निकै माया गर्ने राष्ट्र हो , युएईमा खेल्दा समेत मैले त्यो महसुस गरेको छु। नेपालमै खेल हुँदा त झन् म त्यसलाई महसुस गर्न उत्साहित छु।”

रिजवानले भर्खरै सम्पन्न टि-२० विश्वकपमा पाएको अनुभवलाई सिरिजमा लागु गर्ने बताए – “विश्वकपको अनुभव निकै राम्रो रह्यो, हामीले धेरै कुरा सिक्न पायौं। विश्वकपबाट सकारात्मक पक्षलाई लिएर अघि बढेका छौँ।”

“नेपाल राम्रो युवा टिम छ र नयाँ कप्तान रोहितलाई म चिन्छु ऊ निकै राम्रो ब्याट्सम्यान हो। नेपाल विगतमा राम्रो क्रिकेट खेल्दै आएका छ। म निश्चित छु कि नेपालले हामीलाई कठिन चुनौती दिनेछ त्यसैले कुनै पनि कुरा हल्का रुपमा छैनौ र प्रत्येक खेललाई महत्वका साथ हेर्नेछौँ।

युएईका प्रशिक्षक रोबिन सिंहले नेपाललाई हल्का रुपमा नलिने बताए “विश्वकपबाट सिकेका कुराहरु सिरिजमा लागु गर्ने प्रयास गर्नेछौँ। विश्वकपबाट पाएको आत्मविश्वासलाई खेलमा ल्याउने छौँ। एसोसिएट क्रिकेटमा कुनै पनि देशलाई हल्का रुपमा लिन हुँदैन, किनकि कुनै पनि देशले कुनै पनि दिन कसैलाई पनि हराउन सक्छ।”

नेपालका प्रशिक्षक मनोज प्रभाकरले सिरिज युवा खेलाडीको प्रदर्शन हेर्न तथा विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिजको तयारीको लागि महत्वपूर्ण रहेको बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy