टप अर्डरले रन बनाउनु पर्ने पारसको भनाई, युएई कप्तान भन्छन् दबाब छैन

  • विकेटनेपाल, ,माघ २० , आइतबार 

एक टि-२० अन्तर्राष्ट्रिय सिरिजको निर्णायक खेलमा आज दिउसो २:४५ बजे घरेलु टिम युएई र नेपाल प्रतिस्पर्धा गरिरहेका छन्।

यस अघि एकदिवसीय सिरिजमा पहिलो खेल जितेपछि २ खेल लगातार हार्दै सिरिज गुमाएको युएई टि-२० सिरिजमा भने त्यो गल्ति नदोहोर्याउने पक्षमा रहेको छ। अर्कोतर्फ नेपाल भने पहिलो खेलमा हार पछि एकदिवसीय सिरिज जिते जस्तै टि-२० सिरिज पनि जित्दै नयाँ इतिहास बनाउन चाहना छ।

“दबाब छैन” – युएई कप्तान मोहम्मद नबिद 

महत्वपूर्ण खेल अघि युएई टिम कप्तान तथा ओपनिङ्ग तिब्र गति बलर मोहम्मद नबिदले आफ्नो टिम दबाबमा नरहेको यूएईको स्थानीय पत्रिका द नेसनललाई बताएका छन्।

“हामि अनलकि भयौं जसकारण अन्तिम खेल हार्न पुग्यौं तथापी केटाहरुले राम्रो प्रयास गरेका थिए।”

Mohammad Naveed
Mohammad Naveed ( Photo – Thenational.ae )

पहिलो खेलमा युएईले नेपाललाई १५४ रनको लक्ष्य दिंदा नेपालले १३२ रन मात्रै बनाउन सकेको थियो भने दोश्रो खेलमा युएईले दिएको १०८ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो।

“हामि केहि गल्तिहरु गरिरहेका छौँ, विशेष गरि ब्याटिंगमा तर हामीलाई आफु प्रति विश्वास छ। हामि कुनै दबाबमा छैनौँ र म खेलाडीहरुले खेलको मजा लिउन भन्ने चाहन्छु। ”

राम्रो सुरुवातको आवस्यकता छ – नेपाल कप्तान पारस खड्का 

निर्णायक खेल अघि नेपाली कप्तान पारस खड्काले द नेसनलसंग कुराकानीमा आफ्नो टिम जितको भोको रहेको र सुरुवाती ब्याट्सम्यानबाट राम्रो सुरुवातको अपेक्षा गरेका छन्। पहिलो २ टि-२० सिरिजमा नेपालले पहिलो विकेट १ रनको योगफलमा गुमाएको थियो। पारस र प्रदिपले ओपनिङ्गमा रन बनाउन सकेका छैनन् भने तेश्रो नम्बरमा ज्ञानेन्द्र मल्ल पनि लयमा छैनन्।

“अन्तिममा नतिजालेनै मूल्य राख्छ तर हामीले यदी राम्रो सुरुवात ( माथिल्लो क्रमले ) दिलाएको खण्डमा टिमले राम्रो नतिजा ल्याउन सक्छ।”

“हामीले सिरिजलाई निर्णायक खेलको अवस्थासम्म ल्याएका छौँ र आशा गर्छौ कि हामिले अर्को राम्रो प्रदर्शन गर्छौ”

पारसले दुवै टिम उतिकै बलियो रहेको बताए –

“हामीले फेरी सुरुवात गर्नुपर्नेछ किनकि दुवै टिम उतिकै बलियो छन्। सिरिजको खेलहरुले बताउछ कि दुवै टिमका खेलाडीहरु मैदानमा गएर राम्रो खेल्न भोका छन्”

“हामि हाम्रो शत-प्रतिशत प्रयास गरिरहेका छौ र आशा गरिरहेका छौँ कि अन्तिम प्रयासमा पनि प्रभावित पार्ने प्रदर्शन गर्नेछौँ”

 

 

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]