नेपाल – युएई : कसरि हेर्ने लाईभ ?

  • विकेटनेपाल, माघ-११ , शुक्रबार 

नेपाल र युएईले आज नेपाली समय ११:१५ बजे युएईसंग भ्रमण अन्तर्गत पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ। सिरिज अन्तर्गत नेपाल र युएईले ३ वटा एकदिवसीय र ३ वटै टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ।

सिरिजको प्रत्येक खेल युएई क्रिकेटले प्रत्यक्ष प्रशारण गर्ने बताएको छ। बोर्डले बिहिबार सामाजिक संजालमा पोस्ट गर्दै लाईभ हेर्ने लिंक दिएको छ।

PitchVision.com नामक वेबसाइटमा खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिने बोर्डले बताएको छ। युएई बोर्डले दिएको लिंक ( क्लिक गर्नुस ) मा गएर खेल हेर्न सकिने बोर्डले बताएको छ।

खेलको स्कोर अपडेट भने विकेटनेपालको फेसबुक पेज , ट्वीटर र वेबसाइटमा पनि हेर्न सक्नु हुनेछ।

खेल हेर्न आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ। तर १ हजार भन्दा बढी दर्शकले मैदानमा खेल हेर्न पाउनेछैनन्। युएई बोर्डले १ हजार जनालाई मात्रै मैदानमा प्रवेश दिने र अन्यलाई अनलाइनमा प्रत्यक्ष हेर्न अनुरोध गरेको छ।

सिरिज अन्तर्गत नेपालले दोश्रो  एकदिवसीय जनवरी २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ। सबै खेलहरु दुबई स्थित आईसीसी एकेडेमी मैदानमा खेलिनेछ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy