नेपाल – युएई : कसरि हेर्ने लाईभ ?

Nepal vs UAE
  • विकेटनेपाल, माघ-११ , शुक्रबार 

नेपाल र युएईले आज नेपाली समय ११:१५ बजे युएईसंग भ्रमण अन्तर्गत पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ। सिरिज अन्तर्गत नेपाल र युएईले ३ वटा एकदिवसीय र ३ वटै टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ।

सिरिजको प्रत्येक खेल युएई क्रिकेटले प्रत्यक्ष प्रशारण गर्ने बताएको छ। बोर्डले बिहिबार सामाजिक संजालमा पोस्ट गर्दै लाईभ हेर्ने लिंक दिएको छ।

PitchVision.com नामक वेबसाइटमा खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिने बोर्डले बताएको छ। युएई बोर्डले दिएको लिंक ( क्लिक गर्नुस ) मा गएर खेल हेर्न सकिने बोर्डले बताएको छ।

खेलको स्कोर अपडेट भने विकेटनेपालको फेसबुक पेज , ट्वीटर र वेबसाइटमा पनि हेर्न सक्नु हुनेछ।

खेल हेर्न आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ। तर १ हजार भन्दा बढी दर्शकले मैदानमा खेल हेर्न पाउनेछैनन्। युएई बोर्डले १ हजार जनालाई मात्रै मैदानमा प्रवेश दिने र अन्यलाई अनलाइनमा प्रत्यक्ष हेर्न अनुरोध गरेको छ।

सिरिज अन्तर्गत नेपालले दोश्रो  एकदिवसीय जनवरी २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ। सबै खेलहरु दुबई स्थित आईसीसी एकेडेमी मैदानमा खेलिनेछ।

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]