नेपाल-युएई सिरिज : सबै खेलको प्रत्यक्ष प्रशारण हुने

  • विकेटनेपाल, माघ-६ , बुधबार 

नेपाल र युएईले यही शुक्रबार अर्थात् जनवरी २५ तारिक देखि युएईसंग ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ। सिरिज खेल्न मंगलबार नेपाली क्रिकेट टिम युएई पुगीसकेको छ। गत वर्ष अगस्टमा नेदरल्याण्डसंग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको नेपालले खेल्न लागेको यो दोश्रो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने सिरिज हो।

सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९:३० बजे अर्थात नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ।

सबै खेलको प्रत्यक्ष प्रशारण हुने 

प्रतियोगिताको खेलहरु प्रत्यक्ष हेर्ने नेपाली दर्शकहरुको चाहना पुरा हुने भएको छ भने युएईमा हुने दर्शकहरुले सम्पूर्ण खेलहरु स्टेडियममा निशुल्क हेर्न पाउनेछन्।

युएईको स्थानीय वेबसाइट ‘द नेसनल’ले सम्पूर्ण खेलहरु युएई क्रिकेट बोर्डले आफ्नो सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने बताएको छ। कुन माध्यममा हुने स्पस्ट नबताईएपनि बोर्डले Youtube अथवा Facebook मार्फत खेलको प्रत्यक्ष प्रशारण गर्ने भने पक्का भएको छ।

सिरिजले पायो प्रायोजक 

यी दुई प्रतिद्वन्द्वीबीच हुने सिरिजको नामाकरण समेत गरिएको छ। युएई र नेपालबीच हुने सिरिजलाई एएनआईबी च्यालेन्ज सिरिज २०१९ नामले खेलिने छ। युएई क्रिकेट बोर्डको आधिकारिक बिमा पार्टनर एएनआईबीले सिरिजलाई प्रायोजन गरेको हो।

यस्तै आयोजक क्रिकेट बोर्डले सिरिज बिजेताले उपाधी स्वरूप पुरस्कार राशि पाउने समेत जनाएको छ। उसले सामाजिक संजालमा ३ एकदिवसीय र त्यतिनै टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्ने टिमले १० हजार दिराम प्राप्त गर्ने घोषणा गरेको छ। आजको दिनमा हिसाब गर्दा उक्त रकम ३ लाख १० हजार रुपैयाँ भन्दा बढी हुन आउँछ।

नेपाली टिम :-  पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

युएईको टिम : मोहम्मद नाभिद (कप्तान) मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]